बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय

बुधबार, १६ भदौ २०७८, १७ : ०८
बुधबार, १६ भदौ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको छ । १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।

जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा रोटा, पोलियो, पि.सि.भी., डि.पि.टी., हेप. बी.हिबको लगाइन्छ भने जन्मेको १४ हप्तामा पोलियो, एफ.आई.पि.भी, डि.पि.टी, हेप.बी.बिब, यस्तै ९ महिनामा पिसि.भी, दादुरा, रुवेला खोप दिइन्छ । यस्तै बच्चा १२ महिनाको हुँदा जापानिज इन्सेफलाइटिसको खोप दिइन्छ र १५ महिना पुगेपछि दादुरा, रुवेलाको खोप अनिवार्य रुपमा लगाइने गरिन्छ ।

कोरोना संक्रमणको त्रासले बालबालिकालाई नियमित खोप नदिएको खण्डमा विभिन्न संक्रामक रोगले आक्रमण गर्ने, मृत्युदर र अपाङ्गता हुने दर बढ्न सक्ने चेतावनी मन्त्रालयले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप