बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश २ सरकारद्वारा वारुणयन्त्र वितरण

बिहीबार, १७ भदौ २०७८, ११ : १०
बिहीबार, १७ भदौ २०७८

प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  प्रदेश २ सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई बारूण यन्त्र हस्तान्तरण गरेको हो ।

गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोत्तरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाउँपालिकाका उपप्रमुख नगिनादेवी यादव सहितले वारुणयन्त्र बुझेका छन् ।

गत आर्थिक वर्ष ०७७/०७८ मा तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालय र ८ वटै जिल्ला प्रहरीका लागि करिब ४ करोडको लागतमा ९ वटा वारुण यन्त्र खरिद गरेका थिए ।

वारुणयन्त्रको रेखदेखदेखि सञ्चालनका लिग समेत जनशक्तिको अभाव देखाउँदै प्रहरीले लिन नमानेपछि वर्तमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले वारुण यन्त्र स्थानीय तह र सेनालाई हस्तान्तरण गरेका हुन् । स्थानीय निकायहरुको माग बमोजिम वारुणयन्त्र हस्तान्तरण गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप