शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलित नेता कार्यकर्ताहरूद्वारा काँग्रेस पार्टी कार्यालयमा धर्ना

बिहीबार, १७ भदौ २०७८, १४ : ०९
बिहीबार, १७ भदौ २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको राजीनामा पछि दलित नेता कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । नेपाल दलित संघ काठमाडौंका नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन् । धर्नासँगै उनीहरुले पार्टी नेतृत्वसमक्ष ५ बुँदे माग समेत अघि सारेका छन् । पार्टी नेतृत्वले बुँदे माग सम्बोधन नभए थप केन्द्रीय सदस्यलाई राजीनामा दिन समेत उनीहरुले दबाब दिएका छन् ।

पार्टी केन्द्रीय सदस्य तथा दलित अगुवाहरु मानबहादुर विश्वकर्मा र जीवन परियारले धर्नाको नेतृत्व गरेका छन् । उनीहरूको मागप्रति काँग्रेस नेतृ सुजाता कोइरालाले समर्थन जनाएकी छन् । कोइरालाले उनीहरुका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । धर्नामा काठमाडौंमा उपस्थित काँग्रेसका दलित नेता कार्यकर्ता सहभागी छन् ।

नेपाल दलित संघका अध्यक्ष समेत रहेका मीन विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै बुधबार दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप