नेता ओसार्न प्रयोग भएको सरकारी गाडी दुरुपयोग
जसपा नेपाल त्याग्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा लागेका जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापक दुरुपयोग गरेका छन् ।
बुधबार जनकपुरधामस्थित विमानस्थलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय शरतसिंह भण्डारी र राजेन्द्र महतोलाई विमानस्थलबाट गन्तव्यतर्फ पु-याउनका लागि प्रयोग भएको गाडी महोत्तरीको मटिहानी नगरपालिकाको रहेको खुलेको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले सरकारी गाडीमा पार्टीको झण्डा राख्दै नेता तथा कार्यकर्ता ओसारेका हुन् । उनी शरतसिंह भण्डारी निकटका हुन् । उनले आफ्नो नेता प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीलाई ल्याउनका लागि सरकारी सवारी साधन दुरुपयोग गरेका हुन् ।
मटिहानी नगरपालिकाका नगरप्रमुख मण्डलले प्रयोग गर्दै आएको ज१झ ४२९ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल छाप अंकित झण्डा झुन्ड्याएर वरिष्ठ नेता भण्डारीलाई विमानस्थलबाट गन्तव्यतर्फ लगिएको थियो ।
यसअघि महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख संजीव साहको सवारी साधन दुरुपयोग भएको भनिए पनि नगर प्रमुख साहले आफ्नो सवारी साधन त्यसरी दुरुपयोग नभएको प्रस्ट पारेका छन् ।
सरकारी सवारी साधन दुरुपयोग सम्बन्धमा रातोपाटीमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नगरप्रमुख साहले आफूले सरकारी गाडीमा पार्टीको झण्डा राख्ने र नेता तथा कार्यकर्ता ओसारपसार गर्ने कार्य नगरेको जनाएका छन् ।
नगरप्रमुख साहले आफूले प्रदेश २ को ०२ ००१ झ ००५१ नम्बरको गाडी प्रयोग गर्दै आएको र उक्त गाडी पार्टीका नेता तथा कार्यकर्ता बोक्न प्रयोग नभएको बताए । उनले आफूले सरकारी सवारीसधान दुरुपयोग नगरेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान