बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा तीव्र गिरावट, ५० अंकले घटेको बजारमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता मालामाल

बिहीबार, १७ भदौ २०७८, १५ : ४८
बिहीबार, १७ भदौ २०७८

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार ५० अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज सेयर बजार परिसूचक अधिकतम ५० दशमलव १३ अंकले घटेर २९ सय २६ दशमलव ८९ बिन्दुमा झरेको हो ।

त्यसो साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८ दशमलव ९० अंकले घटेर ५४१ दशमलब ७७ विन्दुमा झरेको छ ।  आज बजार खुलेदेखि नै तीब्र गिरावटमा रहेको नेप्से केही कम्पनी बाहेकका अधिकांश कम्पनीले गुमाउँदा सम्पूर्ण उपसमूहहरु ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे हुन पुगेको छ । 

तथापि, यसदिन मात्र दोस्रो बजार, नेप्सेमा सूचीकृत भइ कारोबारमा सरिक भएको सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । शुरुवाती कारोबार मूल्य ३०९ रुपैयाँको रेन्ज पाएको कम्पनीका लगानी कर्ताहरूले पहिलो दिन नै १० प्रतिशतले कमाएका छन् । 

अधिकतम ५० अंकले नेप्से घटेको यसदिन कुल २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार कित्ता सेयर १ लाख ५ हजार पटक बजारमा किनबेच हुँदा कुल ९ अर्ब ५० करोड ५९ लाखको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप