बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्लासिक टेकबारेको समाचार प्रति आइस्पानको ध्यानाकर्षण

बिहीबार, १७ भदौ २०७८, १६ : ३४
बिहीबार, १७ भदौ २०७८

काठमाडौं । ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’ भन्ने समाचार प्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आइस्पानले ​एक विज्ञप्ती जारी गर्दै समाचार अतिरञ्जित तबरले आएको पनि जनाएको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘​क्लासिक टेकको उक्त समाचार संस्थासँगको व्यवसायिक सम्बन्धसँग जोडेर आउनु दुःखद छ । उक्त संचार माध्यमको वेबसाइट क्लासिक टेकमा होस्ट नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहेको हुनाले त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव छ  । ’  

आइस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार, अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई प्रतिबन्ध लगाउने अधिकार नरहेको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप