सिद्धार्थको लभ लाइफ : यी अभिनेत्रीसँग जोडिएको थियो नाम

person explore access_timeभदौ १७, २०७८ chat_bubble_outline0

अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार हृदयघातका कारण निधन भयो । उनको मुम्बईस्थित कुपर अस्पतालमा मृत्यु भएको हो । ४० वर्षका शुक्ला टेलिभिजन उद्योगका चर्चित अभिनेता थिए । उनले बिग बोसको १३ औँ संस्करण समेत जितेका थिए । टेलिभिजनका राम्रो अभिनेता मानिएका शुक्लाको करियरमा थुप्रै अभिनेत्रीसँग नाम जोडिएको थियो । जसको चर्चा यहाँ गर्न खोजेका छौ ।

तनिषा मुखर्जी: सिद्धार्थले शुक्लाले अभिनेत्री काजोलकी बहिनी तनिषा मुखर्जीसँग खतरोका खेलाडी सीजन ७ मा काम गरेका थिए । त्यसपछि उनीहरु एकसाथ धेरै पटक कफी डेटमा देखिए । तर दुबैले सम्बन्धको बिषयमा खुलेर कहिलै बोलेनन् ।

आकांक्षा पुरी : तनिषा मुखर्जीपछि सिद्धार्थको नाम मधुर भन्डाकरको फिल्म ‘क्यालेन्डर गर्ल’ अभिनेत्री आकांक्षा पुरीसँग जोडिएको थियो । आकांक्षाको सामाजिक सञ्जालको पोष्टबाट उनीहरुको सम्बन्ध बाहिर आएको थियो । तर दुबैले सार्वजनिक रुपमा भने सम्बन्धको बिषयमा कहिल्यै बोलेनन् 

दृष्टि धामी :सिद्धार्थको नाम रियालटी शो ‘झलक दिखला जा’ को समय दृष्टि धामीसँग जोडिएको थियो । तर, पछि धामीको नीरज खेमकासँग विवाह भयो ।

रश्मी देसाई : सिद्धार्थ र रश्मी देसाईको ‘बिग बो’ मा एक भयाङ्कर झगडा भएको थियो । बिग बोस अगाडि यी दुबै सिरियल ‘दिल से दिल त’ मा एकसाथ देखिएका थिए । सिरियलको केमिस्ट्री धेरै दर्शकले रुचाएका थिए । पछि दुबैको झगडा र ब्रेकअपको खबर बाहिर आयो ।

आरती सिंह : सिद्धार्थसँग जोडेर आरती सिंहको पटक पटक सम्बन्धको चर्चा भयो । तर दुबैले यो बिषयमा कहिल्यै केही भनेनन् ।

पवित्र पुनिया : एक समय पवित्र पुनियासँग पनि सिद्धार्थको नाम जोडिएको थियो । त्यो समय यी दुबै टिभी सिरियल ‘लव यु जिन्दगी’ काम गर्थे । सो समय दुबैको अफेयर्सको चर्चा समेत चल्यो । तर दुबै अफिरियल रुपमा कहिलै खुलेनन् ।

शेफाली जरिवाला : बिग बोसको हिस्सा रहेकी शेफाली जरिवालासँग एक समय सिद्धार्थको अफेयरको चर्चा चलेको थियो । एक मिडियासँगको कुराकानीमा शेफालीले सो कुरो बाहिर ल्याएकी थिइन् । उनले आफुहरुको भेटघाट भइरहने समेत बताएकी थिइन् ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।