बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा मेयर सहित ८६ जनप्रतिनिधिद्वारा नयाँ दलमा सनाखत

बिहीबार, १७ भदौ २०७८, १८ : ३०
बिहीबार, १७ भदौ २०७८

रौतहटमा एक मेयर  एक उपमेयरसहित स्थानीय निकायका ८६ जना जनप्रतिनिधिहरुले  नयाँ दलमा सनाखत गरेका छन् । निर्वाचन आयोगले अगामी २२ गतेसम्म दल सनाखत गर्न दिएको समय अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुले विधिवत रूपमा दल सनाखत गर्न सुरु गरेका हुन् ।

 बिहीबार  गौरनगरपालिकाका मात्रै जसपाका मेयर अजय कुमार गुप्तासहित ३६ जना जनप्रतिनिधि मध्ये ३२ जनाले जिल्ला निर्वाचन कार्यालय गौरमा पुगेर महन्थ ठाकुरको लोसपामा रहने गरि सनाखत गरेका छन् । बिहीबार कार्यालय समयसम्म जिल्लाभरका ५२ जना निर्वाचित जनप्रतिनिधिले लोसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दाशले बताए । त्यसैगरी तत्कालीन एमालबाट निर्वाचित चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी सहित ३४ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप