बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भर्सेस भारत : रोमाञ्चक खेलका तस्बिर

बिहीबार, १७ भदौ २०७८, २० : ११
बिहीबार, १७ भदौ २०७८

नेपाल र भारतबीचको पहिलो मैत्रिपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।

दोस्रो हाफको ६० मिनेटमा सुनील क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए ।  ५१ सयको हाराहारीमा दर्शकहरु उपस्थित भएको खेलमा दुबै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।  नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप