बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

शुक्रबार, १८ भदौ २०७८, ०५ : ५८
शुक्रबार, १८ भदौ २०७८

वि.सं.२०७८ साल भदौ १८ गते । शुक्रबार । इस्वी सन् २०२१ सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, अहोरात्र । नक्षत्र– पुनर्वसु, दिउँसो ०३ बजेर ५३  मिनेट उप्रान्त तिष्य । योग– व्यातिपात, बिहान १० बजेर २९ मिनेट उप्रान्त वरियान । करण– कौलव, बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल ।  आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन, बिहान ०९ बजेर २७ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३१ घडी ३३ पला ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकोले छोटो दूरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । 

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढ्न लेख्न मन लाग्नेछ ।  खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।
 
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । 

 
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) समयको सही सदुपयोग गरी विदेशी लगानीहरू ल्याई रोजगारका अवसरहरू बढाउन सकिनेछ । घरमा आफन्त बीच नै मनमुटाब बढ्ने योग रहेको छ ।


कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) इमानदारीपूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु पर्नेछ । व्यापार व्यवसायमा लगानी गरे पनि लाभ थोरै मात्र हुनेछ ।


वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू)   खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरू गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुटाब बढ्ने योग रहेको ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) वादविवाद तथा झै–झगडाबाट टाढै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरू हाबी हुनेछन् । 

मकर(भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने योग रहेको । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको । 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप