शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले किन बोलाइन् गृहमन्त्रीलाई शीतलनिवास ?

शुक्रबार, १८ भदौ २०७८, १० : १६
शुक्रबार, १८ भदौ २०७८

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिएकी थिइन् । देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा पनि गृहमन्त्री खाँणले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।

राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ ।  सरकारले भदौ १५ गते धामी घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप