३५ खेलसम्म अपराजित रहँदै इटलीले बनायो कीर्तिमान
शुक्रबार, १८ भदौ २०७८, ११ : ५३

युरो विजेता इटलीले विश्वकप छनोटमा बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको छ । युरो २०२० पछि यो उसले खेलेको पहिलो खेल थियो । यससँगै इटलीले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । ९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेन पनि ३५ खेलसम्म अपराजित थिए ।
इटलीलाई फेडरियो चिसाले १६ मिनेटमा अग्रता दिलाएका थिए । तर, बुल्गेरियाले ४० मिनेटमा एटानास इलिभले बराबरी गोल फर्काए ।
२०१८ मा पोर्चुगलसँग युईएफए नेशन्स कपमा हार व्यहोरेयता रोबर्टो म्यान्सिनीको टोली अपराजित छन् । ब्राजिल १९९३ देखि १९९६ सम्म अपराजित थियो । त्यसैगरी, २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा