शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ १ अर्ब ८० करोड खर्च भएको चोभार सुख्खा बन्दरगाह (भिडियो/फोटो)

निर्माण अन्तिम चरणमा, यस्तो छ बन्दरगाहको विशेषता
शुक्रबार, १८ भदौ २०७८, २२ : १६
शुक्रबार, १८ भदौ २०७८

संघीय राजधानी काठमाडौंभित्रै सुख्खा बन्दरगाह अर्थात् ड्राइपोर्ट निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौंको चोभारमा रहेको सो बन्दरगाह निर्माणको अन्तिम चरणमा पुगेको हो ।

पहिलेको हिमाल सिमेन्ट उद्योग रहेको करिब २२० रोपनी क्षेत्रफलमा बन्दै गरेको उक्त बन्दरगाहको केही प्राविधिकबाहेक अन्य सम्पूर्ण काम सम्पन्न भइसकेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

ड्राइपोर्ट निर्माण सम्पन्न भइसकेपछि नेपाल आयात हुने अन्तर्राष्ट्रिय मालसामान सिधै काठमाडौं आउन सक्ने गजुरेलले बताए ।  यसअघि दक्षिण भारत तथा उत्तर चीनसहित विभिन्न तेस्रो मुलुकहरूबाट स्थलमार्ग हुँदै आउने माल सामानहरु बोर्डमा रहेका पोर्टहरुबाट मात्र चेकजाँज तथा भन्सार पास भएर छुट्थे । तर अब भने सिधै काठमाडौं आएर सुख्खा बन्दरगाहबाटै मालसामान भन्सारीकरण हुने भएको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । यसले अहिलेको भन्सार जाँच पासका यावत् समस्याहरूको निराकरण हुने उनको भनाइ छ ।

भिडियो हेर्नुहोस्

कस्तो छ भौतिक संरचना ?

चोभार सुख्खा बन्दरगाहलाई मुख्यगरी तीन भागमा बाँडिएको छ । जसमा तीन मुख्य  डिपार्ट तथा भवन निर्माण गरिएको छ । एउटा डिपार्ट भन्सारका लागि छुट्याइएको छ भने अर्को डिपार्ट क्वारेन्टिन र अर्को एउटा प्रशासनिक भवनका लागि छुट्याइएको छ । त्यसमा बन्दरगाह हाताभित्र छिर्न फेरि तीन वटै मुख्य गेटहरु निर्माण गरिएको छ ।

समितिका अनुसार एउटा मूख्य गेटबाट मालसामान लोडेड कन्टेनरहरु भन्सार भित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिन्छन् । तर बीचमा छुट्याइएको एक गेटबाट भने जुन कुनै आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरि वैकल्पिक व्यवस्था गरिएको समितिले जनाएको छ ।

त्यस्तै तीन वटा ठूला गोदामहरू बनेका छन् । जुन ५४/२४ मिटरका रहेका छन् । जसमा आयात निर्यातका मालसामान स्टोर गर्न सकिन्छ भने बन्दरगाहमा तीन वटा फरक फरक संरचना बनेका छन् । जसमा भन्सार आउने तथा बाहिरिने गाडीहरु चेकजाँच, लोडिङ तथा अनलोडिङ हुन्छन् । त्यस्तै पार्किङ, वेटिङ लगायतका संरचनाहरु पनि बनाइएका छन् । 

‘सुख्खा बन्दरगाह भएपनि हरियाली बनाउँछौं’

नामले सुख्खा बन्दरगाह भएपनि कामले भने चोभार ड्राइपोर्टलाई हरियाली बनाउने योजना रहेको गजुरेल बताउँछन् ।

हामीले भौतिक संरचना निर्माण र प्रशासनिक कामलाई मात्र फोकस गरेका छैनौं, वातावरणलाई समेत निकै ध्यान दिएका छौं । भन्सार क्षेत्रमा कुनैपनि प्रदुषण नहोस्, हरियाली होस् भनेर हामीले भन्सार वरपर तथा भन्सार हाताभित्र पर्याप्त रुख, विरुवा लगाउने योजना बनाएका छौं । पोर्ट निर्माणका क्रममा काटिएका ४०० रुखहरूको ठाउँमा थप वातावरणीय सन्तुलन कायम राख्न रुख विरुवा लगाउने हाम्रो योजना छ । त्यस्तै, बाहिरी सडकमा स्ट्रिट लाइटको व्यवस्था गरेका छौं, गजुरेलले भने ।

निर्माण ठेक्का र लागत

चोभार सुख्खा बन्दरगाह विश्व बैंकको कुल १ अर्ब ८० करोड रुपैयाँमा ऋण सहयोगमा निर्माण भएको हो । यसको निर्माण जिम्मा नेपाल–चीन जोइन्ट भेन्चर ‘सान्ची–आर्सी जोइन्ट भेञ्चरले पाएको हो । २०७५ साउनदेखि शुरु गरिएको परियोजना जम्मा १८ महिनाको भएपनि कोभिड–१९ का कारण पछि धकेलिन पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप