‘पर्सनालिटी ए’ भएकालाई हृदयघातको खतरा, कतै तपाईं पनि यस्तो त हुनुहुन्नँ ?
अभिनेता सिद्धार्थ शुक्लाको मृत्युले सबैलाई चकित पारिदिएको छ । ४० वर्षका फिट सिद्धार्थलाई हृदयघात भएको भन्दा धेरैले विश्वास गर्न सकिरहेका छैनन् । युवाबीच बढ्दो हृदयघातका लागि डाक्टर र स्वास्थ्य विज्ञले जीवनशैलीसँग सम्बन्धी विभिन्न सल्लाह दिइरहेका छन् । दिल्लीको फोर्टिस अस्पतालका डाक्टर तपन घोषले हृदयघात र पर्सनालिटी एबीच एक विशेष सम्बन्ध भएको बताएका छन् ।
एक भारतीय सञ्चार माध्यमसँगको कुराकानी डाक्टर तपन घोषले भने, ‘सिद्धार्थ पर्सनालिटी ए भएका व्यक्ति थिए अर्थात् सधैं पहिलो हुने चाहना भएका व्यक्ति । यस्ता मानिसहरुमा हृदयघातका कारण हुने मृत्युको खतरा बढी हुन्छ । हिन्दुस्तानमा हरेक दिन मुटुरोगका कारण ४० वर्षभन्दा कम उमेरका ९०० व्यक्तिको मृत्यु हुन्छ ।’
डाक्टर तपन घोषले भने, ‘टाइप एक पर्सनालिटी हुनु जस्तै कक्षामा पहिलो हुनु । सबैलाई थाहा छ कि सिद्धार्थ बिग बसका विनर हुन् र उनको व्यक्तित्व निकै बलियो थियो । उनी सधैं पहिलो हुन चाहन्थे । यस्ता मानिसहरुलाई टाइप ए पर्सनालिटी भनिन्छ र उनीहरुमा हृदयघातको जोखिम बढी हुन्छ ।’
डाक्टरका अनुसार हृदयघातले हुने तुरुन्त मृत्युलाई ‘सडन कार्डियक डेथ’ भनिन्छ । यसमा बिरामीको १ घण्टाभित्र नै मृत्यु हुन्छ । यसको सबैभन्दा ठूलो कारण कोरोनरी आर्टरी डिजिज हो । २० प्रतिशत व्यक्तिमा यस्तो हुन्छ । यसका कारण मधुमेह, धुम्रपान र खराब जीवनशैली हो ।
डाक्टर भन्छन्, ‘टेक्नोक्रेटहरुमा पनि मुटु रोगको धेरै समस्या हुन्छ । धेरै आइटी पर्सनल यस्ता हुन्छन् जो अन्य देशको घडीलाई अनुसरण गर्छन् । उनीहरु सुत्ने समयमा काम गरिरहेका हुन्छन् । यसका कारण उनीहरुले पर्याप्त निद्रा पाइरहेका हुँदैनन् । घाममा पनि कमै निस्कन्छन् । यसकारण शरीरमा भिटामिन डीको कमी असाध्यै धेरै हुन्छ ।’
डाक्टर तपन घोषले भने, ‘जो मानिस ६ घण्टाभन्दा कम वा ९ घण्टाभन्दा बढी सुत्छन्, उनीहरुमा पनि यस्तो प्रकारको रोग देखिन्छ किनभने उनीहरुको क्लब गडबड हुन्छ र शेड्युलिङ पनि सही हुँदैन । ठूला शहरमा सबैभन्दा ठूलो समस्या भनेको घर ढिला गरी फर्कनु । मानिसहरु साढे ८, ९ बजे अफिसबाट फर्कन्छन्, खाना खान्छन् र त्यसपछि सुतिहाल्छन् । त्यसपछि बिहान छिटो उठेर अफिसका लागि तयार हुन्छन् । यो जीवनशैली सही होइन । यो मृत्युको एउटा निकै ठूलो कारण हो जुन परिवर्तन गर्नुपर्छ । ’
निद्रा कम, व्यायाम नगर्नु र डाइटमा एन्टिअक्सिडेन्ट नहुनुले पनि मुटुरोगलाई बढाइरहेको हुन्छ । डाक्टरले शहरका मानिसले गाउँका मानिसहरु झैं जीवनयापन गर्नुपर्ने सल्लाह दिन्छन् । यदि तपाईंको जीवनशैली सही छ भने तपाईंको ग्लाइसेमिक डिस्चार्ज पनि कम हुन्छ । यसले ब्लड सुगर नियन्त्रणमा हुन्छ र मधुमेहबाट छुटकारा पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै