शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार तपाईंको राशिफल हेर्नुहाेस्

शनिबार, १९ भदौ २०७८, ०५ : ५६
शनिबार, १९ भदौ २०७८

वि.सं.२०७८ साल भदौ १९ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– तिष्य, बेलुकी ०५ बजेर १८  मिनेट उप्रान्त अष्लेषा । योग– वरियान, बिहान १० बजेर ११ मिनेट उप्रान्त परिध । करण– तैतिल, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी ०६ बजेर ४६ मिनेट उप्रान्त वणिज ।  आनन्दादिमा–मित्र योग । 

चन्द्रराशि–कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ।  माया प्रेममा मनमुटाबको अवस्था सिर्जना हुनेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग तथा व्यापार व्यवसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ ।  माया प्रेमको डोरो कसिलो भएर जानेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरू लाभ हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  काममा खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ । 

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)   व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायमा घाटा लाग्न सक्छ ।  धर्म कर्ममा मन जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  दिदी बहिनीसँग मनमुटाब बढ्ने योग रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाब सिर्जना हुनेछ । विलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । गोप्य कुराहरू बाहिर आउने अधिक सम्भावना रहेको छ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  विद्यामा सफलता पाउन निकै मेहनत गर्नुपर्ला । आफन्तबाट उपहार प्राप्तिको योग रहे पनि टरेर जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप