आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली अस्वस्थ

शनिबार, १९ भदौ २०७८, १२ : १८
शनिबार, १९ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् ।

‘सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्,’ ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले रातोपाटीसँग भने ।  गत फागुनमा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप