शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा : एकोहोरो प्रेम

शनिबार, १९ भदौ २०७८, १२ : ४५
शनिबार, १९ भदौ २०७८

किराना पसल गर्ने अविवाहित महिला रामकुमारीले आफ्नो ग्राहक राजकुमारसँग भनिन् “दाइ तपाईंको विवाह भएको छ कि छैन ?”  “मेरो विवाह भएको छैन । मजस्तोलाई कसले पत्याउँछ र ?” राजकुमारले भन्यो ।

राजकुमारको यो जबाफले महिलालाई धेरै खुसी तुल्यायो । “त्यसो भए दाइ तपाईंका लागि राम्री केटी म नै खोजिदिन्छु” रामकुमारीले भनिन् ।

राजकुमारले भने, “मलाई राम्रो व्यवहार भएको केटी चाहिन्छ” । त्यो पसलको बाटो ओहोरदोहोर गर्दा कता जान लाग्नुभएको दाइ ? भनेर पसल्नीले सधैँ सोध्ने गर्थिन् ।​ पसल्नीले राजकुमारको घर चिनेपछि उसको घरमा गएर राजकुमारकी आमालाई भेटेर भनिन्, “हजुरको छोराको विवाह अब कहिले गर्ने ?”

राजकुमारकी आमाले पनि अब सकभर छिटै गर्ने बताइन् । “त्यसो भए हजुरको छोरालाई केटी म नै खोजिदिन्छु नि,” भनिन् ।

राजकुमारकी आमाले हाँसेर ‘हुन्छ नि’ भनिन् ।

एकदिन राजकुमार त्यही पसलमा केही सामान किन्न जाँदा पसल्नीले ‘तपाईंकी आमालाई मैले भेट्न जाँदा तपाईंको लागि राम्रो आनिबानी भएकी केटी खोजिदिनुभए हुन्थ्यो’ भन्नुभएको थियो भनिन् ।

“केटी कहिले खोजिदिनु हुन्छ त” राजकुमारले भन्यो ।

 “तपाईंलाई अहिले चाहिएमा अहिले नै खोजिदिन्छु” पसल्नीले भनिन् । राजकुमारले हुन्छ नि त भन्यो । अनि पसल्नीले लजाउँदै भनिन्, “केटी अहिले तपाईंलाई नै हेरेर मन पराएर बसेकी छे” ।

-सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुणबहादुर खत्री ‘नदी’
अरुणबहादुर खत्री ‘नदी’
लेखकबाट थप