नेपालमा भारतविरोधी प्रदर्शन जारी, तस्बिरमा हेर्नुहोस्
जयसिंह धामीको हत्या प्रकरणदेखि नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेशको विषयलाई लिएर नेपालमा भारतप्रति आक्रोश देखिएको छ । यतिबेला राजधानी काठमाडौँमा दिनहुँ भारतविरोधी प्रदर्शनहरू भइरहेका छन् ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला नै दहन गरिएको थियो भने शनिबार पनि भारतविरोधी प्रदर्शनले निरन्तरता पाएको छ । अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालले काठमाडौँको प्रदर्शनी मार्गमा नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा प्रदर्शन कार्यक्रम आयोजना गरेको छ ।

भारतीय सीमा सुरक्षा बलका जवानले तुइन चुँडाउँदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । घटनाको छानबिन गर्न गठित समितिले मङ्गलबार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पनि "उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको" प्रतिवेदनमा उल्लेख गरेको छ । वैदेशिक रोजगारीका लागि काठमाडौँ आउनेक्रममा महाकाली तर्दातर्दै एसएसबीले 'तुइन काटिदिएपछि' जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रत्यक्षदर्शीको भनाइ छ । प्रदर्शनका क्रममा उनीहरूले भारतविरुद्ध चर्का नारासमेत लगाएका थिए । हेरौँ प्रदर्शनका केही तस्बिरहरुः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
