वीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ कवि मदन रेग्मीलाई
वीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको वीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका एक वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने कवि मदन रेग्मीका कविता सङ्ग्रहहरू र अरू धेरै साहित्यिक कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानको सम्मान गर्दै उहाँलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।
त्यसरी नै वीपी स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने वीपी सेनानी पुरस्कार यो पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ । लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार दिने निर्णय गरेको हो । यी दुवै पुरस्कार वीपी जयन्तीको दिन, यही भाद्र २४ गते प्रदान गरिने छ । यो नगद पुरस्कारको राशि एक लाख एक हजार र एकाउन्न हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप