शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए रोमानियाको सातौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी

आइतबार, २० भदौ २०७८, ०६ : ०८
आइतबार, २० भदौ २०७८


प्रत्येक २ वर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरूप गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको सातौँ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट सहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रूपमा २९ सदस्यीय नयाँ कार्य समिति २०२१-२०२३ गठन  ग-यो।

गैर—आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोपका सह संयोजक  शुक्रराज न्यौपानेको पहलमा महाधिवेशन सम्पन्न भएको थियो।

राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्य दूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा, पूर्व अध्यक्ष आलोक साहलाई संरक्षकमा, सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा, डा. अमित रिजाललाई सल्लाहकारमा र खगेन्द्र अधिकारीलाई  अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ।

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्य दूत नवराज पोखरेलको अध्यक्षतामा  बुखारेस्ट स्थित नेपाली एभरेस्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो। समारोहको अन्त्यमा रेस्टुरेन्टका सञ्चालक तथा निर्विरोध चयन हुनु भएका आईसीसी सदस्य सुरेन्द्र गौतमले एभरेस्ट रेस्टुरेन्टका तर्फबाट सम्पूर्ण सहभागीहरूलाई नि:शुल्क जलपान तथा नेपाली संस्कृति र परम्परा अनुसार तयार गरिएका नेपाली परिकार र नेपाली खानाको ब्यवस्था गर्नु भएको थियो।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, रोमानिया २०२१-२०२३  को नामावली निम्नानुसार रहेको छ।

प्रमुख संरक्षक :-  नवराज  पोखरेल
संरक्षक :- आलोक साह
सल्लाहकार :- डा.  अमित रिजाल
आईसीसी सदस्य :- सुरेन्द्र गौतम
अध्यक्ष :- खगेन्द्र अधिकारी
बरिष्ठ उपाध्यक्ष:- ल्हाक्पा तेन्जी लामा शेर्पा
उपाध्यक्ष:- गोपाल खड्का
महासचिव :- फुर्साङ लामा
सचिव :- प्रकाश चन्द
कोषाध्यक्ष :- विजय कुँवर
सह-कोषाध्यक्ष :-  सन्दीप शाह
युवा प्रतिनिधि:- सबिन आचार्य
प्रवक्ता :- युवराज लामिछाने
महिला प्रतिनिधि :- शोभा  मानन्धर

सदस्य :-  अनिल खनाल
सदस्य :-  अनु खड्का
सदस्य :-  डिकेश मगर
सदस्य :-  ईशा श्रेष्ठ
सदस्य :-  सहिल हुसेन
सदस्य:-   नबिन कुमार नगरकोटी
सदस्य:-   गोमा थापा
सदस्य:-  आड्रीआन श्रेष्ठ
सदस्य:-  पदम श्रेष्ठ
सदस्य:-  विष्णुराज पाण्डे
सदस्य:-   रमेश ढकाल
सदस्य:-   जेनी गुरुङ
सदस्य:-  जाङ्बो शेर्पा
सदस्य:-  सुमी शेर्पा
सदस्य:-  सचेन्द्र कार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप