शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘डाँडाको वरपिपल’मा सलोन र रुविनाको नृत्य

आइतबार, २० भदौ २०७८, १० : ५८
आइतबार, २० भदौ २०७८

शोभित बस्नेतको ३१ औं निर्देशन रहेको छायाँकनरत फिल्म हो ‘डाँडाको वरपिपल’ । फिल्मको यतिबेला चित्लाङका विभिन्न स्थानमा छायाँकन भइरहेको छ । फिल्मको छायाँकन सेटबाट अहिले केही तस्बिर बाहिर आएको छ । तस्बिर फिल्मको ‘झुसेली जुँगा ओठ माथि’ गीत छायाँकनको हो । जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा देखिएका छन् । गीतमा सलोनलाई निकै फरक गेट अपमा प्रस्तुत गरिएको छ भने उनले जुँगा समेत लगायतका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत आकर्षण बनेको तस्विरबाट अनुमान लगाउन सकिन्छ । 

आगामी दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने बताइएको फिल्मको गत भदौ ७ बाट छायाँकन सुरु भएको थियो । ६० दिनको छायाँकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।
शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सरा थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय फिल्ममा समेटिनेछ ।

नवराज गिरी निर्माता रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायाँकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप