शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल र भारतबीचको खेल सुरु, किरणको नयाँ कीर्तिमान

आइतबार, २० भदौ २०७८, १७ : ३७
आइतबार, २० भदौ २०७८

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल खेल दशरथ रंगशालामा सुरु भएको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । 

यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप