शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

आइतबार, २० भदौ २०७८, १७ : ४४
आइतबार, २० भदौ २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–१४ की ६४ वर्षीय महिला, म्याग्दी रघुगंगा–३ का ७२ वर्षीय पुरुष, स्याङजा बिरुवा–४ का ५८ वर्षीय पुरुष, पर्वत कुश्मा–६ की ६९ वर्षीय महिला, बागलुङ नगरपालिका –८ की ६७ वर्षीय महिला र तनहुँ ब्यास–४ की ३३ वर्षीय महिला रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३१२ पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये ४७ पुरुष र ४५ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ३९, बाग्लुङ १०, स्याङ्जा ९,म्याग्दीका ७, पर्वत ५, लमजुङ १७ र तनहुँ ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ४२९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ७८ हजार ७०७ पुगेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप