शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु

आइतबार, २० भदौ २०७८, १८ : ४३
आइतबार, २० भदौ २०७८

अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका  २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ । उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउन गो फण्ड मीमा खाता खोलेको छ ।

 दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार  पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए । उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ । 

उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार  डलर संकलन भै सकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप