बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रविना श्रेष्ठ बनिन् ‘हस्तकला डिजाइनिङ प्रतियोगिता’को बिजेता

सोमबार, २१ भदौ २०७८, १४ : २०
सोमबार, २१ भदौ २०७८

काठमाडौं । नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल(आइडिया नेपाल)द्वारा आयोजित हस्तकला डिजाइनिङ प्रतियोगितामा रविना श्रेष्ठ प्रथम भएकी छिन् । 

हस्तकलाको व्यवसायिक संरक्षण र प्रवर्द्धनका लागि महासंघ र आइडिया नेपालद्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ उक्त प्रतियोगिताको विजेता बनेकी हुन् । यसैगरी रोशन ठाकुर र निलिमा प्रधान क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका छन् । 

बिजेताहरुलाई महासंघले प्रथम हुने श्रेष्ठलाई २५ हजार नगद, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव प्रसाद कोइरालाले विजेताहरुलाई उक्त अवार्ड प्रदान गरे । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले विजेताहरूलाई बधाई दिएका थिए ।

हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले प्रतियोगिताका लागि स्टार मार्बल एन्ड सेनेटरी तथा ग्लोबल आइएमई बैंकको पनि सहयोग रहेको बताए ।

हस्तकलाको व्यवसायिक संरक्षण र प्रवर्धनका लागि महासंघ र आइडियाले नेपालबीच गत महिना सहकार्य गर्ने संझौता भएको र​ संझौता अनुसार इन्टेरियर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् ।

नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवर्द्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि उक्त संझौता भएको होे । विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायमान बनाउने कार्यमा सघाउ पु¥याउने महासंघले आइडिया नेपालसँग सहकार्य गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप