शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दश घण्टापछि खुल्यो अरनिको राजमार्ग

सोमबार, २१ भदौ २०७८, १४ : ५२
सोमबार, २१ भदौ २०७८

पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुल बजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ ।

 पुलबजार डुबानमा परेको कारण आज बिहान २ः ०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुल बजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो । 

खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुल बजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप