शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायक ताम्राकारद्वारा सहयोग कोष शुरु

मङ्गलबार, २२ भदौ २०७८, ०६ : ००
मङ्गलबार, २२ भदौ २०७८

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आकस्मिक कोषको स्थापनाको लागी ईनास मेरिल्यान्डका अध्यक्ष तथा ओकिलीका चर्चित गायक तथा सङ्गीतकार सृजन ताम्राकारले सहयोग सङ्कलन र प्रचारप्रसारको सुरुवात गरेका छन् ।

गत हप्ता अमेरिकाको भर्जिनियामा सम्पन्न ईनासको नर्थ अमेरिका महाधिवेशनबाट मेरिल्यान्ड राज्य समितिको अध्यक्षको पुनः दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका उनले आफ्नो जन्मदिनको अवसरमा पारेर नेपाली भाषा, साहित्य र कला क्षेत्रमा समर्पित सर्जकहरूको भई आइपर्ने आकस्मिक सहयोगको संस्थागत विकास र व्यवस्थापनलाई मध्यनजरमा राखेर "ईनास आकस्मिक कोष" को अवधारणालाई अघि सारेका हुन्।

आजको विज्ञान प्रविधिले दिएको सञ्चार र सञ्जालहरूको उच्चतम प्रयोग गर्दै विश्वभर छरिएका नेपाली कला प्रेमी र कलाकर्मीहरूलाई आपसमा जोड्दै, आपसी साथ र सहकार्यमा यो आकस्मिक सहायता कोषको अवधारणालाई स्थापित गराउने र स्थायित्वको लागि पहल गरिने अध्यक्ष ताम्राकारले बताए ।

उनले सहयोगको प्रारम्भ आफैबाट हुने र सबै कलाप्रेमी मनकारी मन र दानवीरहरूलाई यो पवित्र कार्यमा सहयोग गर्न समेत आह्वान गरिसकेको बताएका छन् भने केही दिनको अवधिमा उनले उक्त कोषमा जम्मा भएको रकम ईनास मेरिल्यान्डको आकस्मिक कोषमा जम्मा गरिने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप