एम्बुलेन्सको मापदण्ड : फोर व्हील ड्राइभ र पावर स्टेरिङ अनिवार्य !

अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स चलाउन पाउने

person explore access_timeभदौ २२, २०७८ chat_bubble_outline0

 


एम्बुलेन्स अब स्वास्थ्य संस्थाले मात्र सञ्चालन गर्न पाउने भएका छन् । पछिल्लो समय कोरोना महामारी बढेसँगै समुदायहरूमा रहेका समिति तथा विभिन्न समूहहरूले एम्बुलेन्स सञ्चालन ल्याइएका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ निर्माण गरेर अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने जनाएको छ ।



सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा अब फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित तालिम लिनुपर्ने हुन्छ । यस्तै, चालक र एम्बुलेन्समा रहने आपत्कालीन मेडिकल प्राविधिकले पनि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।



 निर्देशिकामा ‘प्रेषण केन्द्र’ स्थापना गरी ‘क’ र ‘ख’ वर्गका १ र १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । हाल ‘ग’ वर्गमा सञ्चालित एम्बुलेन्स नवीकरण गर्दा अनिवार्य ‘क’ वा ‘ख’ मा स्तरोन्नति गर्नुपर्ने हुन्छ ।

 ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा नर्स र चालक हुनुपर्ने प्रावधान ल्याइएको छ ।  ‘ग’ वर्गका लागि अहेब वा अनमीको अनिवार्य व्यवस्था ५ देखि ५० बेड अस्पताल तथा प्रादेशिक र सङ्घीय अस्पतालले कम्तीमा ‘क’ र ‘ख’ वर्गको एकएकवटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

 एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन जिल्लास्तर, प्रदेशस्तर र संघीय तहमा अनुगमन समितिहरूको व्यवस्था समेत गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।