मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशमानको बटमलाइन : अब सभापति छोड्दिनँ

‘१३ औँ महाधिवेशनमा त्याग गरेँ, अब सम्झौता गर्दिनँ’
मङ्गलबार, २२ भदौ २०७८, २२ : ००
मङ्गलबार, २२ भदौ २०७८


नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति कसैलाई नछाड्ने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट आधा दर्जन नेताले सभापतिमा दाबी गरिरहेका बेला सिंहले यस्तो बताएका हुन् ।

आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने १४ औँ महाधिवेशनमा पौडेल समूहले एकल उम्मेदवार तय गर्ने घोषणा गरेको छ । पौडेल समूहले भदौ १७ गते पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार घोषणा गरिने सन्देश दिन खोजेको थियो । तर, रातोपाटीसँगको कुराकानीमा सिंहले १३ औँ महाधिवेशनमा सभापति र महामन्त्री दुवै पद त्यागेको भन्दै अब कसैलाई नछोड्ने बताए ।

‘मैले १३ औँ महाधिवेशनमा सभापति र महामन्त्री दुवै छोडेको हो,’ सिंहले भने, ‘अब म सभापतिमा कसैलाई छोड्नेवाला छैन, कुरा यही हो ।’

त्यसैगरी काँग्रेस नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले अब उनीसँग सहकार्यको सम्भावना सकिएको सिंहले रातोपाटीलाई बताए । साथै उनले सभापति बाहेकका विषयमा शेरबहादुर देउवासँग सहकार्य सम्भव नभएको प्रस्ट पारे ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन, सभापतिको चुनाव र सम्भावित समीकरणका सन्दर्भमा सिंहसँग रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

काँग्रेस महाधिवेशनको प्रक्रियामा प्रवेश गरे पनि २१ जिल्लामा वडा अधिवेशन अनिश्चित छ । मङ्सिर ९–१३ मा महाधिवेशन सम्पन्न हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

केन्द्रीय समितिको निर्णय र क्रियाशील सदस्यता छानबिन समितिले बनाएको मापदण्डअनुसार काम नहुँदा विवाद देखिएको छ । विवाद भएको ठाउँमा १३ औँ महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गराउन सकिन्छ । तर यत्रो विवाद किन ? एकै पटक ७७ जिल्लाको वडा अधिवेशन नसकेर २१ जिल्लाको बाँकी राखिएको छ ।

व्यक्तिगत स्वार्थका कारण देखाएर आफूले भने जस्तो भएन भनेर यसरी रोक्न मिल्छ  ? महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व हेर्दा ५६ जिल्लाभन्दा २१ जिल्लामा बढी छन् ।  यो रोकेर महाधिवेशन प्रभावित पार्न खोजिएको हो कि भन्ने भयो । तर हामी संवैधानिक सङ्कटमा भएकाले महाधिवेशन त हुन्छ होला । हामीले दबाब पनि दिइरहेकै छौँ ।

२१ जिल्लाको अधिवेशन अनिश्चित हुनुको खास कारण के हो ? तपाईंकै गृह जिल्ला काठमाडौँमा पनि अधिवेशन हुन सकेको छैन । यसमा तपाईं कति दोषी हुनुहुन्छ ?

–मान्छे र भोट हेरेर कुरा गर्न मलाई आउँदैन । विधि र विधान टुङ्ग्याउने कुरामा मेरो कुनै अवरोध छैन । काँग्रेस लोकतान्त्रिक पार्टी हो । यसमा आफू पनि नियममा बस्नुपर्छ । कोही नियमविपरीत जान प्रयास गर्छ भने नियममा ल्याउनुपर्छ । मैले विधि र नियमको कुरा सशक्त रूपमा त्यसै उठाएको होइन ।

मेरो करियरको कुरा के छ र ? १७ सालको कू भइसकेपछि बुबा (गणेशमान सिंह) आमा (मङ्गलादेवी सिंह) जेलमा हुनुहुन्थ्यो । मूल्य, मान्यता र आदर्शको राजनीति गर्न परिवारले धेरै दुःख खाँदो रहेछ । म आफैले पनि धेरै दुःख  झेल्नुपरेको छ । मान्छे यो गणेशमानको छोरा भन्छन् । म गणेशमानको छोरो हो । मङ्गलादेवी सिंहको पनि छोरा हो । तर मेरो राजनीतिक पृष्ठभूमि सामान्य कार्यकर्ता हो ।

त्यसका लागि आफू पनि उदाहरणीय हुनुपर्छ । त्यसपछि पार्टीलाई विधिमा चलाउन सकिन्छ । तर यहाँ त अहिले पनि पार्टी विभागमा विज्ञका नाममा नियुक्तिपत्र बाँड्ने काम जारी छ । काँग्रेस कहाँ पुगिसक्यो, यतिबेला पनि पत्र बाँड्ने काम भइरहेको छ । विधानअनुसार महाधिवेशन भएको २ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने थियो । तर महाधिवेशन भएको साढे ५ वर्ष भइसक्दा पत्र बाँडेको छ, बाँडेको छ । महाधिवेशनको तिथि मिति रोकिइसकेपछि विभाग गठन गर्न मिल्छ ? जबरजस्ती गरेर कहाँ पुग्छ यो पार्टी ? पार्टी लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढेको छैन । अब जति महाधिवेशनबाट यस्तो प्रवृत्तिलाई बिदा गर्नुको विकल्प छैन ।

१४ औँ महाधिवेशनलाई धेरैले विशेष रूपमा लिएको पाइन्छ । तपाईंले चाहिँ आफ्नो राजनीति करियरका रूपमा कसरी लिनु भएको छ ?

–मेरो करियरको कुरा के छ र ? १७ सालको कू भइसकेपछि बुबा (गणेशमान सिंह) आमा (मङ्गलादेवी सिंह) जेलमा हुनुहुन्थ्यो । मूल्य, मान्यता र आदर्शको राजनीति गर्न परिवारले धेरै दुःख खाँदो रहेछ । म आफैले पनि धेरै दुःख  झेल्नुपरेको छ । मान्छे यो गणेशमानको छोरा भन्छन् । म गणेशमानको छोरो हो । मङ्गलादेवी सिंहको पनि छोरा हो । तर मेरो राजनीतिक पृष्ठभूमि सामान्य कार्यकर्ता हो ।

मैले नेविसङ्घबाट राजनीति सुरु गरेको हो । म भर्‍याङ बोक्दै, वाल पोस्टिङ गर्दै हिँडेको मान्छे हो । प्रतिबन्धित अवस्थामा विद्यार्थी नेताहरूलाई भाषण गराउने काम पनि गरेको छु । सत्याग्रह र ०४६ को जनआन्दोलनमा क्रियाशील हुँदा जेल परेको छु । त्यसपछि नेपाली काँग्रेसको जिल्ला सभापति पनि भएँ । तर ५६ सालमा १० औँ महाधिवेशनको तिथि मिति रोकिइसकेपछि केन्द्रीय कार्यसमितिले १६ वटा जिल्ला भङ्ग गर्‍यो । लोकतान्त्रिक पार्टीमा महाधिवेशनको तिथि मिति तोकिसकेपछि यसरी निर्वाचित १६ जिल्लाका कार्यसमिति भङ्ग गर्न पाइन्छ ? अप्रजातान्त्रिक भयो भन्दै यो सच्याउनुपर्छ भनेर मैले अभियान चलाएँ ।

मलाई धेरैले भने यसलाई के भयो ? केन्द्रीय पार्टी सभापति गिरिजाप्रसाद कोइराला र केन्द्रीय कार्यसमितिलाई चुनौती दिएर हिँड्छ, आफूलाई के ठानेको भन्थे ।

गिरिजाप्रसाद कोइरालाले जिल्ला सभापतिबाट हटाउने कुरा तपाईंका लागि राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने टर्निङ प्वाइन्ट भयो भनिन्छ नि ?

हो, मेरा लागि त्यो टर्निङ प्वाइन्ट भयो । नभए म जिल्लाको राजनीतिमा सीमित हुने थिएँ । मेरो रुचि पनि त्यही थियो । तर जिल्लामा मलाई टेक्नै नदिने अवस्था आयो । अनि १० औँ पोखरा महाधिवेशनमा म केन्द्रीय सदस्यको उम्मेदवार भएँ । परिणाम आएपछि सबै चकित भए । राष्ट्रिय राजनीतिमा नभएको मान्छे तेस्रो स्थानको मत पाएँ । धेरै सिनियर नेता हारेका थिए । शैलजा दिदी र रामचन्द्र दाइ पछि धेरै भोट मेरो आयो । मैले विधि र विधानको कुरा गर्दा त्यत्रो भोट आएको थियो । मैले अहिले सभापति हुनका लागि मात्र विधि र विधानको कुरा गरेको छैन । मैले त्यो अनुसारको काम पनि गरेको छु । जिम्मेवारी पाउँदा परिणाम पनि देखाएको छु ।

पहिलो संविधान सभामा माओवादी सबैभन्दा ठुलो पार्टी भएर आउँदा चार जना मै हुँ भन्ने कम्युनिस्ट नेताले संविधान बनाउन असफल भए । संविधान सभा भङ्ग भयो ।

अनि सुशील कोइराला पार्टी सभापति  र म निर्वाचित महामन्त्री हुँदा भएको दोस्रो संविधान सभा निर्वाचनमा काँग्रेस बलियो पार्टी बन्यो । सुशील कोइराला प्रधानमन्त्री हुनुभयो । म उपप्रधानमन्त्री भएँ । त्यही सरकारले संविधान बनाउन सक्यो । तर कम्युनिस्टले गर्न नसकेको काम काँग्रेसले गर्दा पनि संविधानलाई संस्थागत गर्न भोट माग्दा भोट पाएनौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट पहिलो र दोस्रो संविधान सभामा अत्यधिक मत ल्याएर विजय भएको थिएँ ।

व्यक्तिगत रूपमा शेरबहादुर देउवाजीप्रति मेरो पूर्वाग्रह छैन । उहाँ सभापति भइसकेपछि पार्टीलाई राम्रोसँग नेतृत्व दिनसक्नु भएन भनेर यो भनिरहेको हुँ । उहाँ लोकतन्त्रका लागि ठूलो योगदान गरेको नेता हो । तर, सभापति निर्वाचित भएर समयको माग, कार्यकर्ता र जनताको भावनाअनुसार नेतृत्व दिन नसकेपछि प्रश्न उठ्छ नि त ।

संविधान जारी गरी संस्थागत गर्नका लागि भोट माग्न जाँदा मतदाताले प्रश्न गर्ने थाले । यस पटक तिमीलाई किन मत दिने भन्छन् । अनि मैले भने कम्युनिस्टले जारी गर्न नसकेको संविधान हामीले जारी गरेर आएका छौँ । त्यसलाई संस्थागत गर्नका लागि भोट दिनुपर्दैन भन्दा त्यो कुरा त हो । तर, काँग्रेसको बहुमत आउँदा प्रधानमन्त्री को ? शेरबहादुर ? कहाँबाट हुन्छ भन्छ बा । अनि कसरी बुझाउनु । म त छाँगाबाट खसेजस्तो भयो ।

लोकतन्त्रका लागि योगदान गरेका मान्छे पनि संविधानको संस्थागत गर्नका लागि तिम्रो नेता ठीक छैन भन्न थाले । त्यसैले काँग्रेसमा नेतृत्व परिवर्तन आवश्यक छ भनेर मैले केन्द्रीय कमिटीमै सभापति शेरबहादुर देउवजीकै अगाडि भनेको छु । १६५ मध्ये २३ सिट जित्नु भनेको नेतृत्व असफल हुनु हो ।

जनताले अस्वीकार गरे पनि राष्ट्रिय राजनीतिले फेरि शेरबहादुर देउवा खोज्ने अवस्था आयो । यसलाई कसरी हेर्नुहुन्छ ?

–केपी ओलीले पुस ५ मा संसद् विघटन गर्दा काँग्रेसको कुन नेताले के बोले, सबैलाई थाहा छ । केन्द्रीय समितिले यो अलोकतान्त्रिक र असंवैधानिक छ भनेको थियो । जिम्मेवारी नेताहरूले नै सभाहरूमा कसले के विचार राखे ?

लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा जानुपर्छ भनेका थिए । तर हामीले लोकतन्त्र, संसद् र संविधान डिरेल भएको छ, ट्र्याकमा ल्याएर मात्र निर्वाचनमा जानुपर्छ भन्ने विचार समूहको दबाब थियो । त्यसमा हामी अडिग हुँदा शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुभएको छ । पार्टीभित्र हाम्रो समूहको अडानले उहाँ प्रधानमन्त्री हुनुभएको रूपमा लिएको छु ।

जनताले अस्वीकृत गरेका शेरबहादुरको विकल्पमा पार्टीभित्रबाट प्रधानमन्त्री खडा गर्न सक्नुभएन ?

–नेपाली काँग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा मैले गरेको थिएँ । असफल भइसकेको नेतृत्वलाई सर्वसम्मत दलको नेता बनाउनु राम्रो होइन भनेर मैले प्रतिस्पर्धा गरेको हो । तर त्यसमा सफलता मिल्न सकेन । संसद्मा संसदीय दलको नेताको आफ्नै विशेषता हुन्छ ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउँदा संसदीय दलको नेता हुन आवश्यक थिएन । प्रधानमन्त्रीमा अर्को मान्छे सार्न सकिन्थ्यो नि ? तपाईंहरूले अडान किन लिन नसकेको ?

–तिम्रो अधिकार छैन । यसो गर्न पाउँदैनौँ, त्यो गर्न पाउँदैनौँ भन्ने कुरा आउँदैन । आफै महसुस गरेको राम्रो हुन्छ । व्यक्तिगत रूपमा शेरबहादुर देउवाजीप्रति मेरो पूर्वाग्रह छैन । उहाँ सभापति भइसकेपछि पार्टीलाई राम्रोसँग नेतृत्व दिनसक्नु भएन भनेर यो भनिरहेको हुँ । उहाँ लोकतन्त्रका लागि ठूलो योगदान गरेको नेता हो । तर, सभापति निर्वाचित भएर समयको माग, कार्यकर्ता र जनताको भावनाअनुसार नेतृत्व दिन नसकेपछि प्रश्न उठ्छ नि त । त्यसैले उहाँले अब अभिभावक भएर बस्दा राम्रो हुन्छ ।

रामचन्द्र पौडेल समूहले प्रधानमन्त्रीमा दाबी राख्न नसक्दा यो अवस्था आएको त साँचो हो नि ?

–हाम्रो समूह गएर उहाँलाई संसद् विघटनविरुद्ध उभिएका पार्टीलाई समेटेर नेतृत्व गर्न भनेका थियौँ । उहाँले हामीले भनेको मान्नुभयो । काँग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आयो । त्यसपछि हामीले प्रधानमन्त्री पाउनुपर्छ मनेर मिल्छ ? जसरी भए पनि केपी ओली सरकारलाई हटाएर व्यवस्थालाई सही ट्र्याकमा ल्याउनुपर्छ भन्ने हाम्रो कुरा थियो । त्यसमा शेरबहादुरजी नै अगाडि बढ्नुस् भनेर हामीले नै भनेको कुरालाई अवसर आउँदा हामीले नै उहाँलाई रोक्नु राम्रो हुँदैन भन्ने हो ।

सभापतिमा सशक्त दाबेदारी प्रस्तुत गरिराख्नुभएको छ । तयारी के–कस्तो छ ?

–लोकतान्त्रिक पार्टीको कार्यकर्ताले गर्नुपर्ने सबै काम गरेर यहाँसम्म आएको हुँ । मसँग राजनीतिक अनुभव छ । मैले किसुनजी, गिरिजाबाबु, सुशील कोइला, शेरबहादुरसँग क्लोज भएर काम गरेको छु । उहाँहरूबाट पार्टी सञ्चालनको अनुभव मैले ग्रहण गरेको छु । कोरोनाका कारण कार्यकर्तासँग धेरै जोडिन पाइएको छैन । तर काँग्रेस राजनीति गरेका ५० वर्ष भइसकेको छ ।

पार्टी लथालिङ्ग छ, नेतृत्व दिन नसक्नेलाई अगाडि बढाएर हुन्छ ? नेतृत्व दिन सक्ने मान्छे अगाडि आउनुपर्ने नि  । गणेशमानको छोरो भन्छ, महामन्त्री भइसकेको छ । यही हो भूमिका भनेर भन्नुहुन्छ । त्यसैले १३ औँ महाधिवेशनमा मैले छोड्नुपर्ने ठाउँमा छोडेको छु ।

मैले कार्यकर्तालाई चिनाइ राख्नुपर्ने अवस्था पनि छैन । ५६ सालमा केन्द्रीय समिति सदस्य भएको हुँ । त्यसपछि उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु । म पदमा बस्ने काम नगर्ने होइन भेलीभरि गरेको छु ।

काँग्रेसको महामन्त्री र सरकारको उपप्रधानमन्त्री हुँदा राष्ट्रिय राजनीतिलाई एउटा सुनिश्चित बाटोमा लग्न संविधान जारी गरेकै हो नि ।

दोस्रो संविधान सभामा काँग्रेसलाई पहिलो पार्टी पनि बनाइएका थियौँ । १३ औँ महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि मलाई सभापतिमा उठ्न भन्नुभएको थियो । तर लास्टमा गएर हाम्रो समूहबाट रामचन्द्र दाइलाई अगाडि सार्ने कुरा भयो । रामचन्द्र दाइले पनि यस पटक त मलाई सहयोग गरिदेऊ, तिम्रो त उमेर छ, समय छ भन्नुभयो । अरूले पनि त्यही भन्नुभयो ।

रामचन्द्रजी शेरबहादुरको समकालीन हो । तपाईं त होइन नि भन्ने कुरा मलाई लजिकल लाग्यो । मैले उहाँलाई समर्थन गरेँ । मैले जिउज्यान लगाएर मैले समर्थन गरेको थिएँ । तर रामचन्द्र दाइ सभापतिमा हार्नुभयो । मैले रामचन्द्र दाइका लागि मात्र होइन शशांक कोइरालाका लागि पनि छोडेको छु । मैले फेरि महामन्त्री उठ्ने तयारी गरिरहेको थिएँ ।

तर, केही नेताहरू आएर महामन्त्री पनि भइसक्नुभयो, १३ औँ मा किन दोहोरिनुहुन्छ ? बीपीको छोरा शशांकले महामन्त्रीका इच्छा गरिराख्नुभएको छ । उहाँलाई समर्थन गर्नस्, पार्टीलाई राम्रो हुन्छ भनेँ । म सहमत भएर महामन्त्री भएको मान्छे केन्द्रीय सदस्यमा लड्न गएँ । म शशांकको प्रस्तावक बसेर महामन्त्रीमा जिताएँ । तर १३ औँ महाधिवेशनपछि मलाई सिनियर मान्छेले पार्टीको यस्तो दुर्दशा भइसक्दा के हेरेर बसेको भन्न थाल्नुभयो ।

पार्टी लथालिङ्ग छ, नेतृत्व दिन नसक्नेलाई अगाडि बढाएर हुन्छ ? नेतृत्व दिन सक्ने मान्छे अगाडि आउनुपर्ने नि  । गणेशमानको छोरो भन्छ, महामन्त्री भइसकेको छ । यही हो भूमिका भनेर भन्नुहुन्छ । त्यसैले १३ औँ महाधिवेशनमा मैले छोड्नुपर्ने ठाउँमा छोडेको छु ।

अब १४ औँ महाधिवेशनमा सभापतिमा कसैलाई छोड्नु हुन्न है त ?

–हो । अहिले सभापतिका उम्मेदवारमध्येमा क्षमता सबैले हेर्छन् । कसको अनुभव कति छ भन्ने कुरा र कुनै पदमा बसेर के–के गरेको छ भन्ने कुरा सबैले देखेका छन् । काँग्रेसमा काम गर्न सक्ने मान्छे नआउँदा कम्युनिस्टको जगजगी हुँदो रहेछ नि त ।

त्यसले व्यवस्थालाई नै सङ्कटमा पुर्याउँदाेरहेछ भन्ने कुरा देखियो । अब काँग्रेसलाई मजबुत बनाउनुपर्यो । जसले काम गर्न सक्छ, उसलाई अगाडि बढाउनुपर्छ ।

रामचन्द्र दाइ पनि सभापतिको रेशमै हुनुहुन्छ । त्यसमा हामी पनि छौँ । एकजना मात्र उम्मेदवार उठाउने विषयमा हामीबीच छलफल जारी छ । प्रयास पनि भइरहेको छ । ठीक ठाउँमा को, कहाँ बसेर हुन्छ हामी सहमतिमा पुग्छौँ ।

 १३ औँ महाधिवेशनमा रामचन्द्र र शशांकलाई समर्थन गरेबापत अब १४ औँमा उहाँहरूले मलाई सभापतिमा समर्थन गर्नुपर्छ भन्ने हो ?

–हामी अहिले छलफलकै क्रममा छौँ । अहिलेको समयमा पार्टीमा देखिएको समस्या हल गर्नका लागि टिम राम्रो हुनुपर्यो । टिममा पनि ठीक मान्छेलाई ठीक ठाउँमा राख्नुपर्यो । डेलिभरी गर्नु पर्यो नि त ? खालि पदमा बसेर मात्र हुन्छ । आफै पार्टी चल्दैन । ड्राइभ गर्नुपर्छ । त्यसका लागि नम्बर वान म्यान हुनुपर्दो रहेछ भन्ने कुरा मैले अनुभव गरेको छु ।

अब म नम्बर वान म्यान (सभापति) भएर पार्टी सम्हाल्नुपर्छ । ग्रासरुटबाट केन्द्रसम्म पार्टीलाई संस्थागत रूपमा विधि विधान अनुकूल सञ्चालन गरेर अनुशासित पार्टी बनाउँछु भन्ने छ । वर्तमान अवस्थामा आइपर्ने राष्ट्रिय, प्रादेशिक र स्थानीय मुद्दालाई तत्काल पहिचान गरेर समाधान गर्न सक्ने पार्टीका रूपमा परिणत गर्नका लागि मेरो अनुभव पुगेको छ । अब टिमवर्क गरौँ भन्ने मेरो भनाइ छ ।

भदौ १७ गते पत्रकार सम्मेलन गरेर पौडेल समूहबाट एकल उम्मेदवार तय गर्ने तपाईंहरूले सन्देश दिनुभएको छ । तर सभापतिमा आधा दर्जन नेताको दाबी छ । उनीहरूलाई विश्वासमा लिएर सभापतिको उम्मेदवार हुन के गृहकार्य गरिराख्नुभएको छ ?

–यसबारे वान टु वान कुरा भइरहेको छ । सामूहिक रूपमा भइरहेको छ । समय बाँकी छ । ठीक समयमा निर्णय गर्छौँ ।

१३ औँ महाधिवेशनमा प्रकाशमान सिंहको जस्तो कोइराला परिवारबाट पूर्ण साथ, समर्थन नपाएका रामचन्द्र पौडेलको गुनासो सुनिन्छ । कसैलाई छोड्नुपर्दा प्रकाशमानले छोड्छन् भन्ने पनि छ । तपाईंले त्यसको ग्रिन सिग्नल पाउनुभएको छ कि छैन ?

–रामचन्द्र दाइ पनि सभापतिको रेशमै हुनुहुन्छ । त्यसमा हामी पनि छौँ । एकजना मात्र उम्मेदवार उठाउने विषयमा हामीबीच छलफल जारी छ । प्रयास पनि भइरहेको छ । ठीक ठाउँमा को, कहाँ बसेर हुन्छ हामी सहमतिमा पुग्छौँ ।

मलाई रामचन्द्र दाइ मात्र किन हाम्रो समूहका सबै साथीहरूले समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ ।

शेरबहादुर दाइको मात्र होइन । सबै काँग्रेसजनको समर्थन चाहिन्छ । भयो भने त सबैको समर्थन पाउँदा राम्रो हुन्छ नि त । मैले फलानोको समर्थन लिन्छु, फलानोको लिँदिनँ भन्ने कुरा हुँदैन ।

तपाईंप्रति रामचन्द्र पौडेलको अनुराग बढी छ भनिन्छ नि ?

–यो मैलेभन्दा तपाईंहरूलाई बढी थाहा छ । यो बाहिरबाट तपाईंहरूले देखिराख्नु नै भएको छ नि ।

तपाईंलाई त्यस्तो महसुस भएको छैन र ?

–हाम्रो समूहमा उम्मेदवार हुने चाहनेको सङ्ख्या आधा दर्जन छ भनेर तपाईंले नै भन्नुभयो । आधा दर्जन जति नै छ । तर, अहिलेको समयमा मेरो अनुभवलाई प्रयोग गरेर पार्टीलाई राम्रो बनाउन, पार्टीलाई संस्थागत गर्न, काँग्रेसलाई नम्बर वान पार्टी बनाउन खाँचो छ । सबैले पार्टी सञ्चालन गर्न सक्दैनन् । पार्टी चलाउने विशेषता हुनुपर्छ ।

प्रकाशमान सिंहप्रति शेरबहादुर देउवाले अनुराग देखाउँछन् । कुनै विन्दुमा पुगेर १४औँ महाधिवेशनमा एक ठाउँमा उभिने अवस्था आउन सक्छ भन्ने चर्चा काँग्रेसभित्र जबरजस्त उठ्ने गरेको पाइन्छ । त्यो कति सम्भव छ ?

–मैले त्यो देखेको छैन । यस्तो होला भन्ने मलाई लागेको छैन ।

महाधिवेशनमा सँगै मिलेर जाऔँ भनेर शेरबहादुर देउवाले संवाद गर्नुभएको छ कि छैन ?

–छैन, छैन । पेपरहरूमा अनेकन अनुमान आउँछन् । खास त्यस्तो केही भएको छैन । उहाँ पार्टी सभापतिमा असफल भइसक्नुभएको छ । असफल नेतालाई हामीले दोहोर्याउने कुरा आउँदैन । उहाँले आफूमुनि राखेर मिलाउने हो । म उहाँको सेकेन्ड म्यान भएर जाने कुरा कहाँबाट हुन्छ भन्या ? शेरबहादुर दाइ र रामचन्द्र दाइ अभिभावक भएर बस्दा उहाँसँग सहकार्य नगर्ने भन्ने कुरा छैन ।

त्यसको अर्थ देउवाले सभापतिमा अगाडि सार्दा मात्र सहकार्य गर्न तयार हो ?

–शेरबहादुर दाइको मात्र होइन । सबै काँग्रेसजनको समर्थन चाहिन्छ । भयो भने त सबैको समर्थन पाउँदा राम्रो हुन्छ नि त । मैले फलानोको समर्थन लिन्छु, फलानोको लिँदिनँ भन्ने कुरा हुँदैन ।

पौडेल समूह एक हुँदा मात्र सभापतिको उम्मेदवार हुने भन्ने हो कि दुई/तीन उम्मेदवार हुँदा पनि तपाईंको उम्मेदवारी रहन्छ ?

–हाम्रो यो विचार समूहबाट मलाई नै सभापतिको उम्मेदवारका रूपमा अगाडि सार्न हुन्छ भन्ने मलाई विश्वास छ ।

म सभापति हुँदा पार्टीको विधान पूर्ण पालना गर्ने छु । सभापति बनेको २, ३ महिनामै पार्टीका सबै संरचनालाई पूर्णता दिएर केन्द्रदेखि वडासम्मका नेता कार्यकर्ता सबैको विचार लिन्छु ।

तपाईंलाई साझा उम्मेदवारका रूपमा अगाडि नसारेको अवस्थामा तपाईंको उम्मेदवारी के हुन्छ ? मैले यो जान्न चाहेको हो ?

– तपाईंले मलाई घुमाई फिराई ल्याएर बोल्नै पर्ने बनाउनुभयो । मैले १३ औँ महाधिवेशनमा सभापति र महामन्त्री दुवै छोडेको हो । अब म सभापतिमा कसैलाई छोड्नेवाला छैन । कुरा त्यही हो ।

 तपाईंको टिमचाहिँ कस्तो बनाउने सोचिराख्नुभएको ?

–मैले सोची पनि राखेको छु । तर, मुख्य कुरा यो समूहले नै निर्णय गर्ला । किनभने मेरो पहिलो प्राथमिकता मिलेरै जानुपर्छ भन्ने छ । ठीक मान्छेलाई ठीक जिम्मेवारी दिनुपर्छ भन्ने मेरो भनाइ छ ।

पछिल्लो समय उसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र तपाईंबीच भएको छलफल कहाँ पुगेर रोकिएको छ ? तपाईंहरूबीच समीकरणको सम्भावना कि छैन ?

–विमलजीले उम्मेदवारी घोषणा गरिसक्नुभयो । उहाँले कदम अगाडि बढाइसक्नुभयो । उम्मेदवारी घोषणा गरिसकेपछि तल झर भनेर मिलाउने कस्टमा उहाँलाई गाह्रो छ । उम्मेदवारी घोषणा गर्नुअघि नै तीन जनाको मिटिङ भएर टुङ्गोमा पुगे पो राम्रो हुन्थ्यो । उहाँले एक्लै निर्णय गरेर अगाडि गइसक्नुभयो ।

संवादले सार्थकता नपाउँदै अगाडि बढेपछि निधिसँग समीकरणको सम्भावना सकियो भन्न खोज्नुभएको हो ?

–हामीबीचको कुरा सकारात्मक नै थियो । तर, उहाँले एक्लै उम्मेदवारी घोषणा गर्नुभयो । समीकरणको सम्भावना अब विमलजीमै निर्भर हुन्छ ।

१३ औँ महाधिवेशनमा पौडेल समूहबाट विद्रोह गर्नुभएका कृष्णप्रसाद सिटौलालाई १४ औँमा समेटेर जाने विषयमा के–कस्तो प्रयत्न भइरहेको छ ? सिटौला निकट गगन थापालाई भने पत्रकार सम्मेलनमै बोलाउनुभएको थियो ?

–कुरा भइरहेकै छ । शेरबहादुर देउवाजीको नेतृत्वमा पार्टी चल्दैन भन्नेहरू एक ठाउँमा आउनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ । उहाँ बेलाबेला मिटिङ आइराख्नुभएको छ ।

१४ औँ महाधिवेशनमा तपाईंका एजेन्डा केके छन् ?

–म सभापति हुँदा पार्टीको विधान पूर्ण पालना गर्ने छु । सभापति बनेको २, ३ महिनामै पार्टीका सबै संरचनालाई पूर्णता दिएर केन्द्रदेखि वडासम्मका नेता कार्यकर्ता सबैको विचार लिन्छु ।

उनीहरूले दिएको सुझावलाई समेटेर पार्टीको नीति बनाउँछु । पार्टीले अब गर्नुपर्ने के हो भन्ने दिशा दिन्छु । काँग्रेस महाधिवेशन र निर्वाचनको बेला मात्र चलमलाउँछ । त्यसपछि सुतेको जस्तो देखिन्छ । म सभापति भए काँग्रेसलाई जीवन्त बनाउने छु । समय सुहाउँदो पार्टी विधान बनाउने छु ।

काँग्रेस महाधिवेशनमा धर्मनिरपेक्षता र हिन्दु राज्य बनाउन जनमत सङ्ग्रह गर्नुपर्ने विषय सशक्त रूपमा उठ्ने देखिन्छ । सङ्घीयताका विषयमा पनि प्रश्न उठेको छ । यसबारे तपाईंको धारणा के हो ?

–कम्युनिस्टहरूले जारी गर्न नसकेपछि काँग्रेसको नेतृत्वमा जारी गरिएको संविधान भनेर हामी गौरव गर्छौँ । अनि हाम्रो नेतृत्वमा जारी भएको संविधानको भावनाको विरुद्धमा जान मिल्दैन । धर्मनिरपेक्षता र सङ्घीयताबारेमा संविधानलाई चलाउन आवश्यक छैन । यो संविधान सम्झौताको दस्तावेज हो । संविधानले धार्मिक स्वतन्त्रता कुरा बोलेको छ । परापूर्वकालदेखि चल्दै आएको धर्म संस्कृतिलाई जर्गेना गर्ने कुराले धार्मिक स्वतन्त्रताको व्याख्या गरेको छ । सङ्घीयताको कुरा छ । यसलाई हटाउने होइन कि थप सुदृढ बनाएर अगाडि बढाउनुपर्छ ।

त्यसो भए तपाईं वर्तमान व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध हुनुहुन्छ ?

 म एकदम प्रतिबद्ध छु । केही संशोधन गर्नुपर्ने भए संविधानको भावना र मर्म नमर्ने गरी गर्न गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप