शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका २८९ जना जनप्रतिनिधि माधव नेपालको पार्टीमा, कुन जिल्लाबाट कति ?

मङ्गलबार, २२ भदौ २०७८, १६ : ५९
मङ्गलबार, २२ भदौ २०७८

कर्णालीमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ । कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो ।

जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको दावी छ । दल रोज्ने अन्तिम दिन मंगलबारसम्म कर्णालीका सात जिल्लाको मोटो तथ्याङ्क आएको  छ ।

नेताहरुकाअनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जना पुगेको छ ।

दैलेख

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार  ११ स्थानीय तह रहेको दैलेखमा ६३ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् ।

भदौ १८ गते २७ जनाले सनाखत गरेका थिए भने २० गते ३३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

मंगलबार अपरान्ह सम्म ६३ जनाले समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखले रातोपाटीलाई जानकारी दियो । 

सुर्खेत

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार यो जिल्लामा १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

निर्वाचन अधिकृत निर्मला रेग्मीले अहिलेसम्म पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष कसैले पनि सनाखत नगरेको बताइन् । तर उनले वडाअध्यक्ष र वडा सदस्यहरु भने एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

कालिकोट

जिल्ला निर्वाचन कार्यालय कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार ६५ जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

हुम्ला

हुम्ला निर्वाचन कार्यालयका अनुसार यो जिल्लाका ४ जना वडा सदस्य र १ जना जिल्ला समन्वय समिति सदस्य गरी ५ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

मुगु

मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालले दिएको जानकारी अनुसार यो जिल्लामा २५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जसमा एक जना उपाध्यक्ष, पाँच जना वडाअध्यक्ष, १९ जना सदस्य रहेका छन् ।

जुम्ला

जुम्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार मंगलबार दिउँसोसम्म एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ४१ जना पुगेको छ ।

सल्यान

सल्यान निर्वाचन कार्यालयका निमित्त सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले रातोपाटीलाई दिएको जानकारीअनुसार १/१ जना अध्यक्ष, उपाध्यक्ष, १७ जना वडा अध्यक्ष र ५३ जना सदस्यहरु लगायत ७५ जनाले अहिलेसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप