बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पलेशा र लामा सम्मानित

मङ्गलबार, २२ भदौ २०७८, १७ : ४२
मङ्गलबार, २२ भदौ २०७८

नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित १० औँ कोरियन एम्बासेडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो प्यारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो सङ्घले नगदसहित मंगलबार सम्मान गरेको छ ।

पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले प्यारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए ।

पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरियतामा ५ औँ स्थानमा उक्लिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप