शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमा बनिन् ऋचा शर्मा

बुधबार, २३ भदौ २०७८, ११ : १२
बुधबार, २३ भदौ २०७८

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्रलाभ भएको हो । 

शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् । 

शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । 

शर्मा र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।    

ऋचाले केही समय अघि आयोजित एक कार्यक्रममा आफूले आफ्नो ९ महिनाको गर्भावस्था निकै रमाइलो भएको बताएकी थिइन् ।

अरुले गर्भवती भएपछि धेरै नै आराम गर्नुपर्छ भनेपनि आफूलाई  भने कामले झनै ऊर्जा दिने गरेको पनि उनले बताइन् । टिभी रियालिटी शो कमेडी च्याम्पियन शोका लागि हरेक बुधबार सुटिङका लागि जाँदा आफूलाई थप ऊर्जावान् र आत्मविश्वासी पाउने गरेको उनले बताइन् । साथै, कतै दुखिरहेको छ भनेपनि बिर्सेको जस्तो उनलाई लाग्थ्यो ।  

साथै, उनले तेस्रो त्रैमासिकमा काम गर्नुलाई ‘रिस्क’ ठान्दिनन् । आफूलाई बच्चाले झनै धेरै सुरक्षा दिइरहेको जस्तो लागेको पनि उनले बताइन् ।  

उनले भनेकी थिइन्, ‘यसलाई रिस्क भन्न मिल्दैन । पहिला पहिला गाउँघर तिर बच्चा जन्मने दिनसम्म पनि महिलाहरु काम गरिरहेका हुन्थे । यहाँ शहरमा पनि हेर्नुहोस् न, बैंकमा काम गर्ने महिला, व्यवसायिक रुपमा काम गर्नेहरुले अन्तिम समयसम्म पनि काम गरिरहनुभएको हुन्छ ।’

साथै, डाक्टरले १०–१५ दिन चाहिँ आराम गर्ने बेला भयो भनेपछि उनले कमेडी शोबाट ब्रेक लिएको बताइन् । ‘फिनालेमा म सकेसम्म आउने प्रयास त गर्छु तर मलाई मिल्छ जस्तो लाग्दैन । ’

ऋचाले दुई वर्ष अघि दिपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप