बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हकप्रद सेयर जारी गर्न लागेको एक्सेलको बुक क्लोज असोज १ गते

बुधबार, २३ भदौ २०७८, १२ : २६
बुधबार, २३ भदौ २०७८

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि असोज १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १०ः३ बराबरको हकप्रद सेयर जारी गर्न असोज १ गते बुक क्लोज गर्ने भएको हो ।

जसअनुसार, असोज १ गते अगाडिसम्म कायम कम्पनीका सेयरधनीहरूले हकप्रद सेयरमा १० कित्ता बराबर थप ३ कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यसअघि, २०७७ साल असार १४ गते सम्पन्न कम्पनीको चौधौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार को ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप