बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाँझोपनको कारण : पुरुषको शुक्रकिटको गुणस्तर

बुधबार, २३ भदौ २०७८, १२ : ४२
बुधबार, २३ भदौ २०७८

 अस्ट्रेलियाको वल्र्ड लिडिङ आइभिएफ र जेनेभाका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानले खराब जीवनशैलीको असर पुरुषहरुको शुक्रकिटको गुणस्तरमा असर पार्ने पत्ता लगाएको छ ।

अनुसन्धानको क्रममा ४० हजारभन्दा धेरै शुक्रकिटको विश्लेषण गरिएको वैज्ञानिकहरुले बताएका छन् । जसबाट उमेर बढ्दै जाँदा शुक्रकिटको गुणस्तरमा पनि ह्रास आउँदै जाने पत्ता लागेको छ । 

जेनेभाका फर्टिलिटी विशेषज्ञ डा. शेरिल फुआका अनुसार यो मामिलामा ५५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको अवस्था झन् धेरै कमजोर हुन्छ । डा. फुआले फर्टिलिटीसँग जोडिएका समस्याले कहिलेकाँही गर्भाधान गर्न मुश्किल हुन्छ । कहिलेकाँही यस्तो अवस्थामा गर्भपातको समस्या पनि हुन्छ । फर्टिलिटी विशेषज्ञका अनुसार जेनेभामा महिलाहरु यस्ता समस्याबाट पीडित हुने गर्छन् । अनुसन्धानका अनुसार ४० प्रतिशतभन्दा बढी बाँझोपनको समस्या पुरुषसँग जोडिएको छ । जुन कुरा बाहिर ल्याइदैन ।

विशेषज्ञले भने, ‘हामीले मानिसहरुको शुक्रकिटको गुणस्तरमा आएको गिरावटको बारेमा ध्यान दिएका छौँ । जसले डिएनएको वास्तविक नोक्सान र जेनेटिक इनफरमेशनको प्याकेजसँग जोडिएको हो जसले शुक्रकिटलाई जोडेर राख्छ । 

दुईवटा सन्तानका बाबु बनिसकेका डेभिड हज बाँझोपनको उच्च प्रतिशतको बारेमा सुनेपछि हैरान भए । किनकी यसअघि उनले खुलेर कुरा गरेको सुनेका थिएनन् ।

डेभिड र उनकी पत्नी साराले शुक्रकिटको परीक्षणअघि तीन वर्षसम्म गर्भाधान गर्ने कोसिस गरे । डेभिडले बच्चा बनाउनका लागि आई भी एफ फर्टिलाइजेशन प्रविधिको प्रयोग गरे । त्यसपछि उनीहरुको अहिले दुई सन्तान छन् ।

अष्ट्रेलियाको भिएनामा युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्शन एण्ड एम्ब्रियोलोजीको बैठकमा प्रकाशित एक अध्ययनले ५० वर्ष पुगेपछि पुरुषको प्रजनन् क्षमता निकै धेरै कम हुन्छ ।

अध्ययनका अनुसार महिलाहरुमा मेनोपोज औसत ५० वर्षको उमेरमा हुन्छ । वैज्ञानिकले गरेको विश्लेषणका आधारमा पुरुषहरुमा पनि उमेरसँगै बाँझोपनको समस्या बढ्दै जान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप