बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीमाथि हातपात गरेको आरोपमा काँडाघारीबाट ४ जना पक्राउ

बिहीबार, २४ भदौ २०७८, १२ : ०४
बिहीबार, २४ भदौ २०७८

काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन् । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।  

घटनामा संलग्न भई फरार रहेका कास्कीका २२ वर्षीय रविन थापा मगरको भने खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप