बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारती सिंहले १५ किलो तौल घटाइन्, तरिका के अपनाइन् ?

बिहीबार, २४ भदौ २०७८, १२ : ३४
बिहीबार, २४ भदौ २०७८

भारतीय हास्यकलाकार भारती सिंहले आफूले १५ किलो तौल घटाएको बताएकी छिन् ।

भारती सिंहले एक साक्षात्कारमा आफूले इन्टरमिटेन्ट फास्टिङ गर्ने र आफू यति धेरै तौल कम गर्न सफल भएकोमो चकित भएको बताइन् ।

उनले भनेकी थिइन्, ‘मेरो तौल ९१ किलोग्राम भएको छ । अब मलाई ठूल्ठूलो सास आउँदैन र म हल्का महसुस गर्छु । मेरो दम र मधुमेह पनि नियन्त्रणमा आएको छ । म यतिबेला इन्टरमिटेन्ट फास्टिङ अपनाइरहेकी छु । म बेलुका सात बजेदेखि भोलिपल्ट १२ बजेसम्म केही खादिनँ ।’

भारती सिंह जुन इन्टरमिटेन्ट फास्टिङको कुरा गरिरहेकी छिन्, त्यो आखिर के हो ?

स्वस्थ रहनका लागि तौल घटाउनु र स्वस्थ जीवनशैली अपनाउन आवश्यक हुन्छ । तर धेरैपटक मानिसहरु तौल घटाउने चक्करमा यस्तो तरिका अपनाउने गर्छन् जसका कारण तौल घट्नुको साटो उल्टो बढिरहेको हुन्छ वा त्यसको दुष्परिणाम देखिन थाल्छ ।

के हो इन्टरमिटेन्ट फास्टिङ ?

हुन त धेरैजसोलाई फास्टिङ अर्थात् ब्रतबारे थाहा छ तर इन्टरमिटेन्ट फास्टिङको अर्थ निश्चित घण्टासम्म खाना नखानु हो ।

जोन होपकिन्स मेडिसिनका अनुसार डाइटिङ गर्दा मानिसहरु के खाने, के नखाने भन्ने कुरामा निर्भर हुन्छन् तर इन्टरमिटेन्ट फास्टिङले भने तपाईंले कहिले खाने भनेर जानकारी दिन्छ ।

जोन होपकिन्स मेडिसिन स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था हो ।

इन्टरमिटेन्ट फास्टिङ गर्दा तपाईं एक दिनमा निश्चित घण्टामात्रै खान सक्नुहुन्छ जसले तपाईंको शरीरमा जमेको बोसोलाई कम गर्न सहायोगी भूमिका निर्वाह गर्नसक्छ ।

इन्टरमिटेन्ट फास्टिङमा एक निर्धारित समयमा तपाईं खाना खान सक्नुहुन्छ जसमा एक दिनमा थुप्रै घण्टासम्म खाना नखाने वा एक हप्तामा एकपटक खाना गर्ने पनि समावेश छ । यसले तपाईंको शरीरमा जमेको फ्याट वा बोसोलाई कम गर्न सहयोगी भूमिका अपनाउन सक्छ ।

जोन होपकिन्समा न्यूरोसाइन्टिस्ट मार्क मेटसनले २५ वर्षसम्म इन्टरमिटेन्ट फास्टिङको अध्यय गरेका छन् ।

उनको भनाई उद्धृत गर्दै हपकिन्समेडिसिन डट ओआरजीमा भनिएको छ, ‘हाम्रो शरीर थुप्रै घण्टासम्म वा दिन वा त्योभन्दा पनि लामो समयसम्म केही नखाई पनि बस्न सक्ने गरी विकसित भएको छ । मानिसहरुले खेती गर्न पनि नसिकेका बेला, जब उनीहरु शिकारी थिए, उनीहरुले लामो समयसम्म खाना नखाई पनि जीवन बाँच्न सिकेका थिए ।’

जोन होपकिन्समा डायटिशियन क्रिस्टी विल्यम्सका अनुसार इन्टरमिटेन्ट फास्टिङका थुप्रै प्रकार छन् र डाक्टरको सल्लाहमा नै यो सुरु गर्नुपर्छ ।

यसमध्ये एक हो १६/८ जसमा तपाईं दिनको १६ घण्टा खानाबाट टाढा बस्नुहुन्छ र बाँकी ८ घण्टामात्रै खाना खानुहुन्छ । उनका अनुसार धेरैजसो मानिस यो योजना रुचाउँछन् किनभने उनीहरुले लामो समयसम्म यो अनुसरण गर्न पाउँछन् ।

इन्टरमिटेन्ट फास्टिङको दोस्रो प्रकार हो ५/२ को योजना ।

यो तरिका अपनाउनेहरुले पाँच दिन सामान्य खाना खान सक्छन् तर हप्ताको दुई दिन शरीरले ५ सय देखि ६ सयबीच क्यालोरी प्राप्त गर्ने खाना मात्रै खानुपर्छ । यसमा याद राख्नुपर्ने कुरा के छ भने दुई दिनको बीचमा एउटा सामान्य इटिङ डे (सामान्य दिन झैं खाना खानुहोस् ) भने पक्कै हुनुपर्छ ।

तर उनले लामो समय जस्तै २४, ३६, ४८, ७२ घण्टासम्म खाना नखानु तपाईंको शरीरका लागि खतरनाक हुनसक्ने उनी सल्लाह दिन्छिन् । लामो समयसम्म खाना नखाँदा भोकका कारण बोसो जम्मा हुन सुरु गर्छ ।

र जब तपाईं खाना खानु हुँदैन तब डाक्टर विलियम्स तपाईंलाई पानी र जिरो क्यालोरीयुक्त पेय पदार्थको सेवन गर्न सल्लाह दिन्छिन् जस्तै कालो चिया र कफी तथा सही र स्वस्थ खानपिनमा जोड दिन्छिन् ।

तर कस्तो प्रकारको खाना खाने ?

डा. शिखा शर्माले तपाईंले खाना खाने जुन समय निश्चित गर्नुभएको छ, त्यतिबेला तपाईंले के खाइरहनुभएको छ भन्ने कुरामा धेरै नै ध्यानमा दिनुपर्ने बताएकी छिन् ।

उनका अनुसार वैदिक साइन्सलाई हेर्ने हो भने सूर्यास्त पछि खाना नखान सल्लाह दिइन्छ । किनभने सूर्यास्त पछि खाएको खाना नपच्ने यसमा मान्यता राखिन्छ । गर्मी महिनामा सात वा साढे सात बजेसमम र चिसो मौसममा साढे पाँचपछि सूर्यास्त हुने गर्छ । यस्तोमा तपाईंले आठ घण्टामा के खाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्न आवश्यक छ ।

उनी भन्छिन्, ‘यदि तपाईं बर्गर र पिज्जा खाइरहनुभएको छ, चिनीयुक्त खानेकुराको सेवन गरिरहनुभएको छ भने तपाईंको शरीरमा के असर होला । त्यसैले यो अवधिमा तपाईंले सही र सन्तुलित भोजन गर्न आवश्यक छ । ’

डा. शिखा पोषक भोजनको पैरवी गर्छिन् । उनी भन्छिन्, ‘इन्टरमिटेन्ट फास्टिङमा कहिले खाने भन्ने विषयमा कुरा हुन्छ तर के खाने, यसबारे खासै चर्चा हुँदैन ।’

उनी थप्छिन्, ‘इन्टरमिटेन्ट फास्टिङ गर्ने मानिसहरुमा यो आम समस्या देखिएको छ । उनीहरु बिहानको नास्ता गर्दैनन्, दिउँसोको खाना पनि खाँदैनन् तर यो बीचमा उनीहरुको चिया र बिस्कुटको सिलसिला जारी रहन्छ, त्यसपछि बेलुका असाध्यै भोक लाग्छ र बाहिरबाट केही मगाएर खान्छन् र राती जब आनन्द आउँछ तब गरिष्ठ भोजन गर्ने गर्छन् । यसले शरीरलाई हानी मात्रै पुर्याउँछ ।’

डा. शिखा भन्छिन्, ‘जब दिउँसो तपाईंको शरीरको मेटाबोलिजम उच्च हुन्छ तब तपाईंले यसलाई भोको राख्नुभयो र जब यो खस्किन्छ, तपाईं खाइरहनुभएको हुन्छ । यसका लागि मोटोपना, पोषक तत्वको कमी र लोभ, यी तीन चिजले तपाईंको शरीरमा काम गर्यो ।’

उनी सल्लाह दिन्छिन्, ‘यदि तपाईं १६÷८ घण्टाको इन्टरमिटेन्ट फास्टिङ गर्नुहुन्छ भने १६ घण्टामा तपाईं ग्रीन टी, भेजिटेबल जूस पिउन सक्नुहुनछ । बाँकी ८ घण्टामा तपाईं अन्न खान सक्नुहुन्छ । ब्राउन राइस, चिउरा, इडली, ओट्स, म्यूसली पनि तपाईं खान सक्नुहुनछ । गुलियो खान मन लागे चिनीको प्रयोग नगर्नुहोस्, चिनीको विकल्पमा तपाईं सख्खर खान सक्नुहुन्छ ।’

उनका अनुसार कुनै पनि डाइट प्लान तौल कम गर्ने एउटा सर्ट कट तरिका हो । जब तपाईं यो छोड्नुहुन्छ तब यसको साइड इफेक्ट वा दुष्परिणाम त देखिन्छ नै । तपाईंको तौल त्यतिबेलासम्म मात्रै नियन्त्रणमा हुनेछ जबसम्म तपाईं सही र सन्तुलित आहारयुक्त डाइटिङ गर्नुहुन्छ ।

जोन होपकिन्समा न्यूरोसाइन्टिस्ट मार्क म्याटसनको न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको शोधमा भनेका छन् – इन्टरमिटेन्ट फास्टिङले शरीरमा फाइदा पुर्याएको छ जसमा विभिन्न प्रकारका क्रोनिक रोगजस्तै टाइट टु मधुमेह, मुटुरोग, विभिन्न प्रकारको क्यान्सर, पेट पोल्नेजस्ता रोगबाट शरीरलाई बचाएको छ ।

डा. शिखा शर्माले भनिन्, ‘मानिसहरु तौल कम गर्नका लागि विभिन्न प्रकारका डाइट प्लान अपनाउँछन् तर पुनः समान्य प्रक्रियामा आउने बित्तिकै उनीहरुको तौल पुनः बढ्न थाल्छ किनभने धेरैपटक देखिन्छ कि मानिसहरु आफ्नो खानेबानी सुधार्दैनन् एउटा शर्टकट अपनाएर आफ्नो तौल घटाउँछन् जसका कारण शरीरमा साइड इफेक्ट पनि देखिने गर्छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप