शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६५.११ प्रतिशत उत्तीर्ण

बिहीबार, २४ भदौ २०७८, १४ : २२
बिहीबार, २४ भदौ २०७८

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रथम नाम दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षाको नतिजाको सार्वजनिक गरेको छ ।  परीक्षामा २ हजार २० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १ हजार २९० जना (६५.११ प्रतिशत )उत्तीर्ण भएका छन् । स्नातकोत्तर तहमा ३९ जनाले परीक्षा सहभागी भएका मध्ये २० जना अर्थात ५८.८२ प्रतिशत पास भएको परिषदद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै स्नातक तहमा २०३ जनाको उपस्थिती रहेको थियो भने १३३ अर्थात ६७.१७ प्रतिशत उत्तिर्ण भएका छन् । प्रमाण पत्र तहमा ११३७ जना अर्थात  ६५.०० प्रतिशत पास भएका छन् । परिषदका अनुसार परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप