शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेक्सबारे सोधियो प्रश्न, न्यूजिल्याण्डकी प्रधानमन्त्रीले मुस्कुराउँदै दिइन् यस्तो जवाफ

शुक्रबार, २५ भदौ २०७८, १४ : ३२
शुक्रबार, २५ भदौ २०७८

संसारका थुप्रै देश कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित भएको छ । यस्तोमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यो विश्वव्यापी महामारीसँग जसरी जुधिरहेकी छिन्, यसका लागि उनको प्रशासनको व्यापक चर्चा भएको छ । हालै उनले कोरोना कालको विषयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरिन् । यहाँ सोधिएको एउटा प्रश्नका बेला उनको अनुहारको भाव यसरी फेरियो कि त्यो सोसल मिडियामा चर्चाको विषय बन्यो ।

पत्रकारले सोधे यो प्रश्नः

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्न र डायरेक्टर जनरल अफ हेल्थ डा. एश्ले ब्लूमफिल्ड कोभिड–१९ को विषयमा पत्रकार सम्मलेनमा जानकारी दिइरहेका थिए । यतिबेला उनलाई एक पत्रकारले सोधे, ‘अकल्याण्ड अस्पतालमा एक बिरामी र उनलाई भेट्न आएका व्यक्तिले यौन सम्बन्ध स्थापित गरेको आरोप छ । हालको स्थितिमा के यसलाई उच्च जोखिमयुक्त क्रियाकलाप मान्न सकिन्छ ?’

प्रधानमन्त्रीको प्रतिक्रिया भाइरलः

यो प्रश्न सुनेपछि जेसिन्डाको अनुहारको भाव निकै फेरियो । उनको फेरिएको भाव सोसल मिडियामा भाइरल हुनथाल्यो । यस्तै डाक्टर ब्लूमफिल्डले यो प्रश्नको जवाफ दिँदै भने, ‘मलाई लाग्छ, यो उच्च जोखिमयुक्त गतिविधि हुनसक्छ । यद्यपि, मलाई यो घटनाबारे खासै जानकारी छैन ।’

त्यसपछि प्रधानमन्त्री अर्डर्नले जवाफ दिँदै भनिन्, ‘मलाई लाग्छ कि कोरोनाको स्थितिलाई यदि किनारा लगाउने हो भने पनि यस्तो कुनै पनि गतिविधि अस्पतालमा बिरामीलाई भेट्न आउँदा गर्नु हुँदैन ।’

यसैकारण पनि चर्चामा रह्यो न्यूजिल्याण्ड सरकारः

स्मरण रहोस्, अकल्याण्ड जिल्ला स्वास्थ्य बोर्डले अत्यधिक आलोचनाको सामना गर्नुपरेको छ किनभने बोर्डले सयौं मानिसहरुलाई अस्पताल गएर बिरामी भेट्ने अनुमति दिएको थियो जबकी शहरमा कडा लकडाउन लागू गरेको थियो । यसअघि न्यूजिल्याण्ड सरकार अगस्ट महिनामा निकै चर्चामा आएको थियो जब यो देशमा एकजनामात्रै संक्रमित हुँदा पनि लकडाउन लागू गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप