शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा ११५ जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु

शुक्रबार, २५ भदौ २०७८, १७ : ३६
शुक्रबार, २५ भदौ २०७८

गण्डकी प्रदेशमा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परिक्षण गरिएकामा ११५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ महिला र ६४ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की ८१, स्याङ्जा ४, म्यादी ७, पर्वत २, गोरखा १, लमजुङ ६, तनहुँमा ९ र नवलपुरमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार १९९ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा पोखरा–१३ ४१ बर्षिय महिला, कास्कीको अन्नपूर्ण गाउँपालिका– २ का ८६ वर्षीय पुरुष, तनहुँ ब्यास –१४ की ७० वर्षीय महिला र स्याङजा भिरकोट–९ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२७ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ४२ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ८३० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप