शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा आठ करोड बेरुजु फछ्र्योट

शनिबार, २६ भदौ २०७८, १९ : २७
शनिबार, २६ भदौ २०७८

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्योट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । 

गत आवमा रु आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्योटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ रु चार  करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा  रु  पाँच  करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७/७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको  छ  । लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो । 

कार्यालयका अनुसार राजस्व सङ्कलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७/७८ मा उक्त वर्षको लक्ष्य रु पाँच अर्ब ३९ करोड ९४ लाख रहेकामा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन भएको छ । कार्यालयको करदाता सेवा शाखाका अनुसार  उक्त आवमा थप चार हजार दुई सय ९१  व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धि करतर्फ चार सय ४२ नयाँ व्यवसाय दर्ता भएको छ । उक्त आवमा थप आठ हजार तीन सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप