बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

आइतबार, २७ भदौ २०७८, ०६ : १४
आइतबार, २७ भदौ २०७८

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।

अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई  सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी गरे गर्दै उनले एमसीसी नेपाल सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताए । एमसीसी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप