बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन केन्द्रीय सहकारी संघको नेतृत्वमा शर्मा निर्वाचित

आइतबार, २७ भदौ २०७८, ११ : ३२
आइतबार, २७ भदौ २०७८

लामो समयदेखि साधारण सभा समेत गर्न नसकेर निष्क्रिय भएको नेपाल पर्यटन केन्द्रीय सहकारी संघ पुनः सकृय भएको छ । शनिबार ललितपुरमा बसेको संघको साधारण सभाले नयाँ नेतृत्वसँगै संघको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।

संघको अध्यक्षमा रामशरण शर्मा घिमिरे निर्वाचित भएका छन् । ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेल स्थित प्राकृतिक पर्यटन सहकारी संस्थाको प्रतिनिधित्व गर्दै शर्मा निर्विरोध अध्यक्ष चयन भएका हुन् । 
यस्तै, संघको नव निर्वाचित उपाध्यक्षमा शिव कट्टेल, महासचिवमा देवराज पराजुली, सचिवमा प्रेम भक्त महर्जन र कोषाध्यक्षमा रणबहादुर खड्का सर्वसम्मत चयन भएका छन् । 

नव निर्वाचित शर्मा प्राकृतिक पर्यटन सहकारी संस्थाको अध्यक्ष समेत हुन् । त्यसो त विगत दुई दशकभन्दा बढी सहकारी अभियानमा सकृय शर्मा बागमती प्रदेश सहकारी संघका अध्यक्ष, बागमती प्रदेश सहकारी विकास बोर्डका पदेन सञ्चालक समेत हुन् ।

यस अघि संघको अध्यक्ष लक्ष्मण यादव रहेका थिए । उनी हाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक रहेका छन् ।  
सभा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, अध्यक्ष मीनराज कंडेल, सञ्चालक केबी उप्रेती लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप