बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नरगिसले लुकाएकी थिइन् उदय चोपडासँगको प्रेम, ब्रेकअपपछि गरिन् खुलासा

आइतबार, २७ भदौ २०७८, १६ : ३०
आइतबार, २७ भदौ २०७८

वर्ष २०११ मा रकस्टार फिल्ममार्फत अभिनेत्री नरगिस फाखरीले बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्ममा उनी रणबीर कपूरको अपोजिटमा थिइन् । यसपछि उनले वरुण धवनसँग ‘मे तेरा हिरो’, इमरान हाशमीसँग ‘अजहर’लगायत फिल्महरुमा महत्वपूर्ण भूमिका निभाइन् । 

२०१४ ताका अभिनेता उदय चोपडासँग उनको नाम जोडिएको थियो, तर दुबैले यस विषयलाई अस्वीकार गरे ।

ब्रेकअपपछि खुलासा 
तर, अहिले नरगिस फाखरीले उदय चोपडासँगको सम्बन्धबारे बोलेकी छिन् । नरगिसका अनुसार उदय चोपडासँग उनी पाँच वर्षसम्म डेटमा थिइन् र दुबैको सम्बन्ध निकै राम्रो थियो ।  तर, दुनियाँसामु सम्बन्धलाई लुकाएकोमा आफुलाई अहिले पछुतो लागेको नरगिसले बताएकी छिन् । 

नरगिसका अनुसार उनीहरुको ब्रेकअप भएको एक वर्ष बितिसकेको छ । उनले उदय निकै राम्रो व्यक्ति रहेको बताइन् ।  उनले आफुलाई उदयसँगको सम्बन्धबारे नबोल्नु भनिएकाले आफुले यसअघि केही नबोलेको बताएकी छिन् । 
नरगिसले मद्रास क्याफे, मै तेरा हिरो, अजहर, हाउसफुल ३ र अमावसजस्ता फिल्ममा अभियन गरेकी छिन् । पछिल्लोपटक उनी सञ्जय दत्तको फिल्म टोरबाजमा देखिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप