बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा मञ्जुश्री फाइनान्सका ४ नयाँ शाखा एकैदिन विस्तार

आइतबार, २७ भदौ २०७८, १९ : २१
आइतबार, २७ भदौ २०७८

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बार्हौं, तेर्हौं, चौधौं र पन्ध्रौं शाखा एकैदिन संचालनमा ल्याएको छ ।

फाइनान्सले रुपन्देहीको मुर्गिया,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा खोली कारोबार शुभारम्भ गरेको हो । 

मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा ११ वटा शाखा रहेका थिए भने अब थप ४ सहित शाखा संख्या १५ पुगेको फाइनान्सले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप