समाजवादी प्रेस संगठन धनुषा गठन
नेकपा एकीकृत समाजवादीको शुभेच्छुक पत्रकारको संगठन समाजवादी प्रेस संगठन नेपाल धनुषा गठन गरेको छ । आइतबार एक समारोहबीच जनकपुरमा भएको पत्रकारहरूको भेलाबाट समाजवादी प्रेस संगठन धनुषाको अध्यक्षमा रुपेश सिंहलाई चयन गरिएको छ ।
त्यस्तै नवगठित कमिटीको अध्यक्षमा रूपेश सिंह, उपाध्यक्षहरूमा दिलीप दास, ललन कुमार साह, स्मिता झा, सचिवमा अकुल प्रसाद साह, सह–सचिवमा भोला यादव र कोषाध्यक्षमा दिनेश कुमार साहलाई चयन गरिएको छ । भने सदस्यहरूमा क्रमशः नरेश ठाकुर, प्राचीन शर्मा फुयाँल, नवल साह, सन्नी भगत, सङ्गीता अधिकारी र रोशन साह रहेका छन् ।
सो भेलामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज धर्मनाथ साह, केन्द्रीय सदस्यहरू यदुवंश झा, श्रीप्रसाद साह लगायतको उपस्थिति रहेको पत्रकार हरि पौडेलले जानकारी दिए ।
आयोजित भेलामा प्रेस युनियन धनुषाका पूर्व अध्यक्ष प्रवीण साह, युनियन धनुषाका उपाध्यक्ष अकुलप्रसाद साह, ललनकुमार साह, भोला यादव र दिनेश साह समाजवादी प्रेस संगठन नेपालमा प्रवेश गरेको पत्रकार पौडेलले बताए ।