अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन

person explore access_timeभदौ २७, २०७८ chat_bubble_outline0

 
सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्द्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदूर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदूर पश्चिमका नेपालीहरूले यो समाज गठन गरेका हुन् ।

श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा गठित सुदूर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चूडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सह सचिवमा गोविन्द अवस्थी , कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरूमा प्रकाश पाण्डेय, नीराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् । 

समाजले त्यहाँ गौरा पर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियो समेत छायाङ्कन गरेको छ । अब यो समाजले सुदूर पश्चिमबाट अमेरिका गएकाहरूलाई एकीकृत गरेर सुदूर पश्चिमको भाषा, संस्कृत, गीत सङ्गीतको प्रवर्धन गर्ने छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।