मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हृदयघातको खतरा कम गर्ने ९ पेय पदार्थ

सोमबार, २८ भदौ २०७८, ०६ : १८
सोमबार, २८ भदौ २०७८

कलेजोमा बन्ने मैनजस्तो पदार्थलाई कोलेस्ट्रोल भनिन्छ । कोलेस्ट्रोल रगत र कोशिकाहरूमा पाइन्छ । शरीरका कोशिकाहरू, तन्तुहरू र अङ्गहरूमा हर्मोन, भिटामिन डी र पित्त थैलीमा पाइने बाइल जुस निर्माण हुन कोलेस्ट्रोलको महत्त्वपूर्ण भूमिका रहन्छ । 

शरीरमा दुई प्रकारका कोलेस्ट्रोल पाइन्छ । एउटा राम्रो र अर्को नराम्रो । शरीरमा पाइने राम्रो कोलेस्ट्रोललाई एचडीएल र नराम्रो कोलेस्ट्रोललाई ग्लिसराइड र एलडीएल भनिन्छ । एलडीएलको मात्रा बढ्दै गएमा धमनीहरूभित्र फ्याट जम्मा हुन्छ । जसले गर्दा मुटुमा रक्त प्रवाह कम हुन थाल्छ । जसकारण हृदयघात हुने सम्भावना बढ्छ ।

फाइबरको सेवन बढाएर, स्याचुरेटेड फ्याट कम गरेर, पत्तेदार सागसब्जीहरूको सेवन गरेर, रिफाइन्ड खाना कम खाएर, खानामा ट्रान्स फ्याट कम गरेर कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सकिन्छ । 

यसका साथै, हृदयघात हुने सम्भावनालाई कम गराउन विभिन्न प्रकारका पेय पदार्थ पिउन सकिन्छ ।

ग्रीन टी

ग्रीन टीमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसमा क्याटेचिन र एपिग्यालोक्याटेचिन ग्यालेट हुन्छ । ग्रीन टी पिउँदा एलडीएल कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ ।  

टमाटरको जुस

टमाटरमा लाइकोपीन नामक एन्टिअक्सिडेन्टको मात्रा धेरै पाइन्छ । यसले कोशिकाहरूमा क्षति पुग्नबाट बचाउँछ । टमाटरमा नियासिन र कोलेस्ट्रोललाई कम गराउने फाइबर पाइन्छ । नियमित रूपमा २८० मिलिलिटर टमाटरको जुस पिउँदा कोलेस्ट्रोलको मात्रामा सुधार आउँछ ।

भटमासको दूध 

भटमासको दुमा स्याचुरेटेड फ्याटको मात्रा कम हुन्छ । धेरै फ्याट भएको वा क्रिम धेरै भएको दूधको सट्टामा भटमासको दूधको सेवन गर्दा कोलेस्ट्रोलको मात्रा कमी हुन्छ । 

ओट मिल्क 

यसमा बीटा–ग्लुकन नामक पदार्थ हुन्छ । यसले पित्त थैलीमा भएको बाइल साल्टसँग मिलेर आन्द्रामा जेल जस्तो पदार्थ निर्माण गर्छ । जसले कोलेस्ट्रोलाई सोस्ने काम गर्छ । एक कप ओट मिल्कमा १.३ ग्राम बीटा ग्लूकेन हुन्छ । 

बेरीको जुस

यो एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । स्ट्रबेरी, रास्पबेरी, ब्लुबेरी र ब्ल्याकबेरी जस्ता बेरीहरुमा एन्टिअक्सिडेन्ट र फाइबर पाइने भएकाले दुमा मिसाएर बेरी खाने गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा कम गर्ने र हृदयघातबाट बचाउँछ ।

कोकोआ 

कोकोआ यस्तो रुखको जसबाट डार्क चकलेटको निर्माण गरिन्छ । यसमा फ्लेवनोल नामक एन्टिअक्सिडेन्ट पाइन्छ । शरीरमा नराम्रो कोलेस्ट्रेलको मात्रा कम गर्न यसको भूमिका महत्त्वपूर्ण रहन्छ । यसमा उच्च मात्रामा मोनोस्याचुरेटेड फ्याटी एसिड हुन्छ । यसले कोलेस्ट्रोलको स्तर राम्रो बनाउन मद्दत गर्छ । 

फलफूल र सागसब्जीबाट बनेको स्मुदी

केरा, फर्सी, खरबुजा जस्ता फलफूबाट बनेको स्मुदीले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । यसमा दूध वा अन्य प्रकारका ओटहरु मिसाएर पिउन सकिन्छ ।

स्ट्यानोल र स्टेरोलयुक्त पेय पदार्थ 

यी पेयपदार्थमा प्लान्ट केमिकल हुन्छ । जसले कोलेस्ट्रोल सोस्ने समस्यालाई रोक्छ । फुड कम्पनीहरूले यसलाई विभिन्न खाना पनि प्रयोग गर्ने गरेका छन् । 

अल्कोहल

सीमित मात्रामा मादक पदार्थको सेवन गर्दा रगतमा एचडीएलको मात्रा बढ्न सक्छ । रेड वाइनमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । त्यसैले सीमित मात्रा रेड वाइनको सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोलको मात्रा कम गर्छ भने मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ । तर, बढी मात्रामा अल्कोहलको सेवनले कोलेस्ट्रोलको मात्रा बढाउँछ । त्यसैले यसलाई विशेष ध्यान दिन विशेषज्ञले सल्लाह दिने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप