पिबि सिन्धुले दीपिका पादुकोण र रणवीरसँग मनाइन् पदकको खुसी

person explore access_timeभदौ २८, २०७८ chat_bubble_outline0

 

अभिनेत्री दीपिका पादुकोण र ब्याडमिन्टनका स्टार खेलाडी पिबी सिन्धु शनिबार राति मुम्बईको वर्ली इलाकास्थित रेस्टुरेन्टमा गएका थिए । अहिले उनीहरूका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

सिन्धुले टोकियो ओलम्पिक २०२० मा कास्य पदक जितेका थिए । दीपिका, रणवीर र सिन्धुले यस जीतको खुसी डिनर गरेर मनाएका हुन् । दीपिकाले सिन्धुलाई डिनरका लागि बोलाएकी थिइन् । यस दौरान दीपिकामा पति रणवीर सिंह पनि रेस्टुरेन्टमा थिए । रणवीरले दीपिका, सिन्धु र आफ्ना तस्बिरहरू सार्वजनिक गरेका हुन् । 

पिबि सिन्धुले फोटोमा कमेन्ट गर्दै रणवीर र दीपिकासँग समय बिताउन पाउनु निकै खुसीको विषय रहेको बताएका छन् । उनले फेरि चाडै नै भेट्न उत्सुक रहेको बताएका छन् । दीपिकाका बाबु प्रकाश पादुकोण पनि ब्याडमिन्टनका खेलाडी हुन् । 

दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘८३’ मा रणवीर सिंहसँगै देखिनेछन् । बिहेपछि यो जोडी एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यसबाहेक दीपिका पादुकोण ‘फाइटर’, ‘पठान’ र ‘द इन्टर्न’ मा पनि देखिनेछिन् । त्यस्तै, रणवीर कपुर पनि ‘सर्कस्’, ‘तख्त’, ‘रकी और रानीकी प्रेम कहानी’ लगायत फिल्ममा देखिनेछन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।