बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अंशुभराको प्रायोजनमा पोखरामा ‘स्पोर्ट्स क्यासल’ आयोजना हुने

सोमबार, २८ भदौ २०७८, ०७ : ५६
सोमबार, २८ भदौ २०७८

पोखराको व्यावसायिक घराना अंशुभरा ग्रुपले पोखराको स्पोर्टस क्यासललाई प्रायोजन गरेको छ । आगामी असोज २ देखि २२ गतेसम्म हुने नेसनल फुटसल लिगमा पोखरेली क्लब स्पोर्टस क्यासललाई अंशुभराले प्रायोजन गरेको हो ।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले सामाजिक उत्तरदायित्व बोध गर्दै खेलकुदका लागि  सहयोग गरेको बताए । उनले पोखरालाई खेलकुदको सहरको रुपमा चिनाउन स्पोर्टस क्यासललाई एक वर्षसम्म निरन्तर सहयोग गर्ने बताए । 

अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मल र वित्तिय क्षेत्रमा लगानी गरिरहेको अंशुभराले आइतबार एक वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक र भौतिक सहयोग गर्ने सम्झौता गरेको छ ।
क्यासलका सञ्चालक ईश्वर गुरुङले आफ्नो टोलीले विगत २ महिना देखि प्रशिक्षण गर्दै आएको बताउँदै प्रतियोगितामा राम्रो रिजल्ट आउने विश्वास व्यक्त गरे । दुई महिनादेखि बन्द प्रशिक्षणमा २४ जना खेलाडी छन् । 

क्षितिज गुरुङको कप्तानीमा राष्ट्रिय फुटसल टोलीका पूर्व कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ, सरोज गुरुङ लगायतले प्रशिक्षण गरिरहेका छन् । उनीहरुलाई विष्णु गुरुङ र अर्विन गुरुङले प्रशिक्षण दिईरहेको संचालक गुरुङले बताए ।

अजोज २ गते देखि २२ गते सम्म पोखरा रङ्गशालाको कभर्ड हलमा आयोजना हुने ए डिभिजन फुटसल लिगमा देशभरीबाट१० टिमले प्रतिस्पर्धा गर्नेछन । 

सो प्रतियोगिताका विजेताले नगद १० लाख प्राप्त गर्नेछ । उपविजेताले ५ लाखको हकदार बन्ने छ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजारको पुरस्कार प्रदान गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप