
शिरदेखि पाउसम्म लेदरको कपडामा किम

टेलिभिजन स्टार किम कर्दाशियां स्टाइल र बोल्डनेसका कारण चर्चामा आइरहन्छिन् । उमेरले ४० टेकेकी किम पछिल्लो समय शिरदेखि पाउसम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छन् । उनले फेशन डिजाइन कम्पनी ब्ल्यनसियागाको लेदर आउटफिट लगाएकी हुन् ।
उनले टाउकोदेखि गोडासम्म नै लेदरबाट बनेका आउटफिट लगाएकी छन् । उनले स्ट्रेच कोट, पन्जा, लामो बुट र अनुहार छोप्ने कालो लेदरको नै मास्क लगाएकी छन् ।
उनले यो पहिरनमा फोटोशुट पनि गराएकी छन् । उनले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् । उनी मेट गालाबाट न्युयोर्क पुगेकी छन् ।
किमले अघिल्लो पटक पनि यस्तै पहिरन लगाएकी थिइन् । उनी पूर्व पति कान्ये वेस्टको कार्यक्रमका लागि एटलान्टा गएकी थिइन् ।
अलग–अलग पहिरनका कारण विवादमा फसिरहने किम हरेक वर्ष मेट गालामा अलग पहिरनका साथ देखिन्छिन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ